काठमाडौं, जेठ १९ :

राष्ट्रिय स्वतन्त्र पार्टीले आजका लागि केन्द्रीय सचिवालय र संसदीय दलको बैठक बोलाएको छ ।

अपराह्न १ बजे केन्द्रिय सचिवालय बैठक र  ३ बजे संसदीय दलको बैठक पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने पार्टीका प्रवक्ता  मनिष झाले जानकारी दिनुभयो ।

बैठकमा पछिल्लो राजनीतिक अवस्था,भिजिट भिसा प्रकरण र गृहमन्त्रीको राजीनामाका साथै पार्टी गतिविधिका बारेमा छलफल हुने समेत प्रवक्ता झाले बताउनुभयो ।