
काठमाडौं, जेठ १९ :
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी चीनको दशदिने भ्रमण सकेर स्वदेश फर्किएकी छन् ।
भ्रमणका क्रममा पूर्वराष्ट्रपति भण्डारीको उच्चस्तरीय भेटवार्ता भएको थियो । एमालेका नेता तथा उद्योगमन्त्री दामोदर भण्डारीका अनुसार चिनियाँ उपराष्ट्रपति, चिनियाँ कंग्रेसका उपाध्यक्ष, चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लगायतसँग भण्डारीको भेट भएको छ ।
भ्रमणले नेपाल-चीनको लामो समयदेखिको मित्रलाई सुदृढ हुनुका साथै उपलब्धिमूलक भएको भण्डारीको भनाइ छ ।