आइतबार, २५ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#दसैँघर#बेत्रावतीमा बेलीब्रिज#पहिरोले नदी थुनिँदा#बूढीगण्डकीमा बाढी#मतगणनामा ढिलाई#बूढीगण्डकी बाढी#घटस्थापना#बडादसैँको पहिलो दिन#एआईजी वशीराज दाहाल#बर्खास्त#ग्यासका सिलिन्डर#सट्टापट्टा#विपद्सम्बन्धी अध्यादेश#डा. श्रवणकुमार साह#प्रमुख प्रशासकीय अधिकृत#कागेश्वरी मनोहरा नगरपालिका #दसैँघर#बेत्रावतीमा बेलीब्रिज#पहिरोले नदी थुनिँदा#बूढीगण्डकीमा बाढी#मतगणनामा ढिलाई#बूढीगण्डकी बाढी#घटस्थापना#बडादसैँको पहिलो दिन#एआईजी वशीराज दाहाल#बर्खास्त#ग्यासका सिलिन्डर#सट्टापट्टा#विपद्सम्बन्धी अध्यादेश#डा. श्रवणकुमार साह#प्रमुख प्रशासकीय अधिकृत#कागेश्वरी मनोहरा नगरपालिका
राजनीति

त्रिवि अस्पतालको शय्यामा मोहन वैद्य : सहयात्री नेताहरु बेखबर, प्रचण्ड चुपचाप

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, २८ जेठ, २०८२ मा प्रकाशित
त्रिवि अस्पतालको शय्यामा मोहन वैद्य : सहयात्री नेताहरु बेखबर, प्रचण्ड चुपचाप
काठमाडौं, जेठ २८ :

कुनै समय नेपालको माओवादी आन्दोलनका 'थिंक ट्यांक' मानिएका क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव मोहन वैद्य 'किर्ण' अहिले त्रिवि शिक्षण अस्पतालको आईसीयू कक्षमा जीवनको संघर्षमा छन्। दुई सातादेखि अस्पतालमा उपचाररत् वैद्यको स्वास्थ्य अवस्था नाजुक छ। 

यतिबेला उनलाई भेट्न पुगेका छन् उनका सशस्त्र आन्दोलनकालीन सहकर्मी डा. बाबुराम भट्टराई। तर, अर्का सहयात्री तथा माओवादी आन्दोलनका वर्तमान सर्वोच्च नेता पुष्पकमल दाहाल 'प्रचण्ड' भने अझैसम्म बेखबर छन्।

बाबुराम पुगे, प्रचण्ड बेखबर

बुधबार त्रिवि अस्पताल पुगेका डा. भट्टराईले आईसीयू वार्डमा पुगेर मोहन वैद्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिए। केही बेरका लागि भए पनि सहानुभूति, पुराना सम्झना र राजनीतिक यात्राको एक ऐतिहासिक पल अस्पतालको त्यो कोठामा बाँडियो। कुनैबेला माओवादी आन्दोलनका दोस्रो मुख्य रणनीतिकारका रूपमा चिनिएका यी दुई नेताबीच केही समयको संवादले विगतलाई उजागर गर्‍यो।

तर, हाल माओवादी केन्द्रका अध्यक्ष रहेका प्रचण्ड भने, आफ्नो कुनैबेलाका गुरु, मार्गनिर्देशक र वैचारिक आधार निर्माणमा प्रमुख भूमिका निर्वाह गरेका वैद्यको अवस्थाबारे सार्वजनिक रुपमा चुपचाप छन्। भेट्न त परै जाओस्, उनको स्वास्थ्यबारे चासो देखाएको कुनै अभिव्यक्ति समेत बाहिर आएको छैन।

वैद्यको ओझेलमा परेको योगदान

२०५२ सालमा जब तत्कालीन नेकपा माओवादीले सशस्त्र विद्रोहको बाटो रोज्यो, त्यो आन्दोलनको वैचारिक, संगठनात्मक र रणनीतिक तेस्रो आधार थिए मोहन वैद्य। प्रचण्ड नेतृत्वको ‘मुख्य कमान्ड’ मा वैद्य र बाबुराम 'ब्रेन'को हैसियतमा थिए। 

वैद्यको वैचारिक कठोरता, मार्क्सवाद–लेनिनवादप्रतिको आग्रह र पार्टीभित्रको अनुशासनप्रति कठोरता उनलाई माओवादी आन्दोलनको आधारशिला बनाउने खम्बा बनायो।

तर शान्ति प्रक्रियापछि माओवादी पार्टीमा फुट, गुट र वैचारिक विचलन सुरु भयो। वैद्यले शान्ति प्रक्रियाको खतराबारे बेलैमा चिन्ता प्रकट गरे। प्रचण्ड र बाबुरामले अघि बढाएको प्रक्रियाबाट असहमत वैद्य अलगिए र नयाँ धारको क्रान्तिकारी कम्युनिस्ट पार्टी गठन गरे। त्यही पार्टी अहिले पनि वैचारिक ‘रेड लाइन’ नाघ्न नचाहने माओवादीको झिनो चेतनास्वरूप बाँचेको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार