काठमाडौं, जेठ ३० :

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा पनि भिजिट भिसा प्रकरणमा सरकारविरुद्ध आक्रोशित देखिएका रास्वपाका सांसदहरू शोक प्रस्तावको क्रममा भने मौन बसे। 

बैठक प्रारम्भ भएपछि सभामुख देवराज घिमिरेले कार्यसूची अगाडि बढाएपछि रास्वपा र राप्रपाका सांसदहरूले टेबुल ठोकेर निरन्तर विरोध जनाएका थिए ।

उनीहरूले गृहमन्त्री रमेश लेखकको राजीनामाको माग गर्दै र संसदीय छानबिन समिति गठनको अडान राख्दै बैठक सुरु देखिनै अवरोध गर्दै आएका थिए।

तर संविधानसभा सदस्य विरेन्द्र जुहारचनको निधनप्रति श्रद्धाञ्जली अर्पण गर्ने क्रममा भने उनीहरूले कुनै अवरोध गरेनन्। 

सभामुखको आग्रहमा १ मिनेट मौनधारण गरिएको समयमा रास्वपाका सांसदहरू समेत चुपचाप बसेका थिए। सांसदहरूको विरोधकाबीच सभामुखले बैठक निरन्तर अघि बढाएका थिए ।