शनिबार, २४ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#एआईजी वशीराज दाहाल#बर्खास्त#ग्यासका सिलिन्डर#सट्टापट्टा#विपद्सम्बन्धी अध्यादेश#डा. श्रवणकुमार साह#प्रमुख प्रशासकीय अधिकृत#कागेश्वरी मनोहरा नगरपालिका#गलौदीमा सडक भासियो#सभापतिको मतगणना आजै#विद्युत आपूर्ति प्रभावित हुने#अखिल नेपाल फुटबल सङ्घ#पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा#नेपाली कम्युनिष्ट पार्टी#राष्ट्रिय जागरण अभियान#जगद्गुरु श्री आदि शंकराचार्य#२५ लाख रुपैयाँ सहयोग#प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष #एआईजी वशीराज दाहाल#बर्खास्त#ग्यासका सिलिन्डर#सट्टापट्टा#विपद्सम्बन्धी अध्यादेश#डा. श्रवणकुमार साह#प्रमुख प्रशासकीय अधिकृत#कागेश्वरी मनोहरा नगरपालिका#गलौदीमा सडक भासियो#सभापतिको मतगणना आजै#विद्युत आपूर्ति प्रभावित हुने#अखिल नेपाल फुटबल सङ्घ#पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा#नेपाली कम्युनिष्ट पार्टी#राष्ट्रिय जागरण अभियान#जगद्गुरु श्री आदि शंकराचार्य#२५ लाख रुपैयाँ सहयोग#प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष
राजनीति

दुईबुँदे सहमति पार्टीको हितमा थियो वा थिएन भन्नेबारे समीक्षा हुन्छ : नारायणकाजी श्रेष्ठ

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शनिबार, ३१ जेठ, २०८२ मा प्रकाशित
दुईबुँदे सहमति पार्टीको हितमा थियो वा थिएन भन्नेबारे समीक्षा हुन्छ : नारायणकाजी श्रेष्ठ
काठमाडाैं, जेठ ३१ :

नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भिजिट भिसा प्रकरणमा सरकारले गरेका निर्णय तथा दुई राजनीतिक दलबीचको सहमति पार्टीको हितमा थियो वा थिएन भन्नेबारे समीक्षा आवश्यक भएको बताएका छन् ।

शनिबार माओवादी केन्द्र दोलखा-काठमाडौं सम्पर्क समन्वय समितिको सम्मेलनमा बोल्दै श्रेष्ठले उक्त सहमति सुशासनको अभियानअनुकूल भयो वा भएन भन्नेबारे समीक्षा गर्नुपर्ने बताए। ‘त्यसले हाम्रो पार्टी र सुशासनको अभियानलाई हित हुनेगरी भयो कि भएन भनेर समीक्षा हुनसक्छ,’ उनले भने, ‘त्यसमा अध्यक्ष कमरेडले समग्र परिस्थितिको लेखाजोखा गरेर त्यस्तो निष्कर्षमा पुग्नुभएको हुनसक्छ ।’

श्रेष्ठले सरकारमा रहेका दुई दलबीच दुई बुँदे सहमति भएपछि संसद् सञ्चालन भएको उल्लेख गर्दै त्यसबारेमा विभिन्न प्रतिक्रिया आइरहेका बताए। ‘मैले अध्यक्षसँग प्रत्यक्ष छलफल र भेटघाट गर्न पाएको छैन, छलफल गरेर निष्कर्षमा नपुगी केही भन्न सक्दिन,’ उनले स्पष्ट पारे।

उनले भिजिट भिसा प्रकरणमा माओवादी केन्द्रले मुद्दा नछाड्ने पनि बताए।‘भ्रष्टाचारको यस्तो प्रक्रियाबारे हाम्रो अभियान जारी नै रहनेछ,’ श्रेष्ठले भने, ‘हामी यो मुद्दा छोड्दैनौं, भ्रष्टीकरणविरुद्धको लडाइँमा अडिग छौं।’

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार