काठमाडौं, असार १ :

प्रदेश सरकारहरुले आज आर्थिक वर्ष २०८२/८३ को बजेट सार्वजनिक गर्दैछन् ।

सुदूरपश्चिम,कर्णाली,लुम्बिनी,गण्डकी,बागमती,मधेश र कोशी ७ वटै प्रदेश सरकारका आर्थिक मामिला मन्त्रीहरुले आय–व्यवको विवरणसहितको बजेट प्रस्तुत गर्दैछन्।

प्रदेश सरकारले असार १ गते र स्थानीय सरकारले असार १० गते बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक प्रावधान छ भने केन्द्र सरकारले जेठ १५ मा बजेट सार्वजनिक गर्नुपर्ने प्रावधान रहेको छ ।

बाग्मती प्रदेशले आज दिउँसो ३ बजे बस्ने प्रदेश सभा बैठकमा ६८ अर्ब हाराहारीको बजेट प्रस्तुत गर्ने तयारी गरेको छ ।

त्यसैगरी लुम्बिनी प्रदेश सरकारले ३२ हाराहारीको बजेट ल्याउने तयारी गरेको बुझिएको छ ।  आज बजेट प्रस्तुतीका लागि लुम्बिनी प्रदेश सभाको बैठक दिउँसो तीन बजे बस्दैछ ।

सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८१/८२कै हाराहारीमा नयाँ बजेट ल्याउने तयारी गरेको छ । आज साँझ ५ बजे बस्ने प्रदेश सभा बैठकमा आर्थिक मामिलामन्त्री बहादुर सिंह थापाले आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्ने कार्यसूची छ ।

मधेश प्रदेश,कोशी प्रदेश र  गण्डकी प्रदेशले पनि आज आय–व्यवको विवरणसहितको बजेट प्रस्तुत गर्दैछ ।