
उच्च अदालत पाटनले युनुस अन्सारीको बन्दी प्रत्यक्षीकरण रिटमा कारण देखाउ आदेश जारी गरेको छ। अदालतले उनलाई किन हिरासतमा राखिएको हो भन्ने स्पष्ट जवाफ प्रतिवादी निकायहरूबाट माग गरेको हो।
न्यायाधीश दुर्गाप्रसाद ढुंगेलको इजलासले आदेश जारी गर्दै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी), सम्पत्ति शुद्धिकरण विभाग, आर्थिक तथा वित्तीय अपराध अनुसन्धान महाशाखा र नख्खु कारागारलाई जवाफ दिन भनेको छ।
अन्सारीले शुक्रबार उच्च अदालत पाटनमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए। १० जेठमा ६ वर्षको कैद र जरिवाना तिरेर छुटेका उनी त्यसै दिन सीआईबीद्वारा पुनः पक्राउ परेका थिए। प्रहरीले उनलाई सम्पत्ति शुद्धिकरणसम्बन्धी कसुरमा अनुसन्धान गर्नुपर्ने भन्दै नियन्त्रणमा लिएको हो।
यसअघि सन् २०७६ जेठ १० मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ७ करोड ७६ लाख नक्कली भारतीय रुपैयाँसहित युनुस अन्सारी र अन्य पाँच जना पक्राउ परेका थिए। पक्राउ पर्नेमा तीन पाकिस्तानी नागरिक, सुबल खान र रानाभाट रहेका छन्।