काठमाडौं, असार २ :

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री तथा सांसद धवल शमशेर राणालाई काठमाडौं जिल्ला अदालतले ३ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ।

तीनकुनेमा भएको राजावादी आन्दोलनमा संलग्न भएको अभियोगमा मुद्दा भोग्दै आएका राणालाई जिल्ला न्यायाधीश शिवप्रसाद खनालको इजलासबाट सोमबार धरौटीमा छाड्न आदेश भएको हो  । राणासहित ५० जनाविरुद्ध मुद्दा चलेको छ।

राणा थुनछेक आदेश पाउने ४०औं व्यक्ति हुन्। अघिका धेरैजसो प्रतिवादी कम धरौटीमा रिहा भएका थिए, तर राणालाई सबैभन्दा बढी धरौटी माग गरिएको हो।

अहिलेसम्म ३२ जना धरौटीमा छुटेका छन् भने दुर्गा प्रसाईंसहित ७ जना थुनामा छन्। राणा केही समय प्रहरी सम्पर्कबाहिर रहेपछि आज अदालतमा उपस्थित भएका हुन्। नेता रविन्द्र मिश्र भने अझैसम्म अदालतमा उपस्थित भएका छैनन्।