राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरू नीलो रिबन गलामा लगाएर संसद् भवन पुगेका छन् ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्रीमाथि छानबिन र उनको राजीनामा माग गर्दै आएको रास्वपाका सांसदहरू आज (मंगलबार) नीलो रिबन भिरेरै संसद् भवन प्रवेश गरेका हुन् ।
रास्वपाकी सांसद तोसिमा कार्कीका अनुसार मानव तस्करीविरुद्धको अभियानलाई विश्वभर ‘नीलो रिबन’ को प्रतीकले जनाउने भएकाले आफूहरू त्यस्तै गरी प्रस्तुत भएको बताइन् ।
‘मानव तस्करी विरुद्धको अभियानलाई विश्वव्यापी रूपमा नीलो रिबनको प्रतीकले जनाउँछ,’ उनले भनिन्, ‘आज राष्ट्रिय स्वतन्त्र पार्टीका सबै सांसदले संघीय सदनमा नीलो रिबन लगाएर मानव तस्करीको विरोध गरेका छन् ।
गत जेठ १३ गतेदेखि लगातार सदनमा भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि छानबिन हुनुपर्ने भन्दै रास्वपाले विरोध जनाउँदै आएको छ ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।