
काठमाडौं, असार ४ :
उपसभामुख इन्दिरा रानामगर चारदिने भ्रमणका लागि दक्षिण अफ्रिका प्रस्थान गरेकी छन् ।
दक्षिण अफ्रिकाको प्रिटोरिया सहरमा आयोजना गरिएको लोकतन्त्रसम्बन्धी उच्चस्तरीय संवादमा सहभागी हुन राना बुधबार दक्षिण अफ्रिका प्रस्थान गरेकी हुन् ।
उनले इन्टरनेसनल इन्स्टिच्युट फर डेमोक्रेसी एन्ड इलेक्टोरल असिस्टेन्स (आईडीईए), ओपन सोसाइटी फाउन्डेसन र दक्षिण अफ्रिकाको अन्तर्राष्ट्रिय सहयोग तथा सम्बन्ध विभागको आयोजनामा जुन १९ र २० मा हुने ‘अफ्रिकामा लोकतन्त्रको पुनः परिकल्पना, विश्वव्यापी दक्षिणका तुलनात्मक अनुभवहरू’ विषयक उच्चस्तरीय संवादमा सहभागी हुने कार्यक्रम छ ।
चार दिनको भ्रमण सकेर उपसभामुख जेठ ८ गते स्वदेश फर्किने कार्यक्रम छ ।