आइतबार, २५ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#घटस्थापना#बडादसैँको पहिलो दिन#एआईजी वशीराज दाहाल#बर्खास्त#ग्यासका सिलिन्डर#सट्टापट्टा#विपद्सम्बन्धी अध्यादेश#डा. श्रवणकुमार साह#प्रमुख प्रशासकीय अधिकृत#कागेश्वरी मनोहरा नगरपालिका#गलौदीमा सडक भासियो#सभापतिको मतगणना आजै#विद्युत आपूर्ति प्रभावित हुने#अखिल नेपाल फुटबल सङ्घ#पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा#नेपाली कम्युनिष्ट पार्टी#राष्ट्रिय जागरण अभियान #घटस्थापना#बडादसैँको पहिलो दिन#एआईजी वशीराज दाहाल#बर्खास्त#ग्यासका सिलिन्डर#सट्टापट्टा#विपद्सम्बन्धी अध्यादेश#डा. श्रवणकुमार साह#प्रमुख प्रशासकीय अधिकृत#कागेश्वरी मनोहरा नगरपालिका#गलौदीमा सडक भासियो#सभापतिको मतगणना आजै#विद्युत आपूर्ति प्रभावित हुने#अखिल नेपाल फुटबल सङ्घ#पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा#नेपाली कम्युनिष्ट पार्टी#राष्ट्रिय जागरण अभियान
खेलकुद

एकल कातामा एलिनालाई स्वर्ण

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, ४ असार, २०८२ मा प्रकाशित
एकल कातामा एलिनालाई स्वर्ण
काठमाडौं, असार ४ :

कीर्तिपुर नगरपालिकाकी एलिना थिङले काठमाडौं जिल्लाव्यापी बृहत् खेलकुदअन्तर्गत करातेको महिला एकल कातामा बुधबार स्वर्ण जितेकी छन् ।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको फाइनलमा एलिनाले तार्केश्वर नगरपालिकाकी प्रशन्न फुयाललाई पराजित गरिन् । नागर्जुन नगरपालिकाकी वन्दना तामाङ तथा आयोजक काठमाडौं महानगरपालिका वडा २६ की मिस्टी श्रेष्ठ तेस्रो भए ।

शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ३० हजार, १५ हजार र ५/५ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् ।

महिला टिम कुमुतेमा सोनाम शेर्पा, समीक्षा ढुंगाना, मोनिका लामा, आयुशा प्रधान र मनीषा लामाको नागर्जुन टोली पहिलो भयो । काठमाडौं महानगरपालिका ३१ का महिमा राई, आशिका राई, दिया तामाङ, नानु चौधरी र रुक्साना दनुवार दोस्रो भए ।

गोकर्णेश्वरका टीकामाया जिम्मी, डोमा तामाङ, इभान जेलिना बस्नेत, यान्शु ठोकर र आयुशा तिमल्सिना तथा तार्केश्वरका करुणा गडेल, अनु मोक्तान, एलिना तामाङ, प्रतीक्षा तामाङ र सलिना तुलाधर संयुक्त रुपमा तेस्रो भए । पहिलो हुनेले ५० हजार, दोस्रोले २५ हजार र तेस्रोले १०/१० हजार नगद पुरस्कार जित्नेछन् ।

दुईदिने प्रतियोगितामा महिलाको २ स्पर्धामा ८० खेलाडीले प्रतिस्पर्धा गरेको करातेका संयोजक सन्तोष श्रेष्ठले जनाएका छन् । ५ खेल समावेश बृहत खेलकुदमा २ खेलको प्रतिस्पर्धा सकिएको छ । करातेअघि टेबलटेनिस सम्पन्न भएको थियो ।

फुटसल :
बृहत् खेलकुदअन्तर्गत पुरुष फुटसलमा वडा २६ र वडा १३ सेमिफाइनलमा प्रवेश गरेका छन् । लैनचौर खेल मैदानमा वडा २६ ले वडा १२ लाई ९-१ को फराकिलो गोलअन्तरले पराजित गर्‍यो । वडा १३ ले वडा १४ लाई ४-३ गोलले हरायो ।

तेक्वान्दो भोलिदेखि :
बृहत् खेलकुदअन्तर्गत तेक्वान्दो भोलि बिहीबारदेखि सुरु हुनेछ । पुरुष/महिलामा समान १०-१० गरी २० स्पर्धामा प्रतिस्पर्धा हुने तेक्वान्दोका संयोजक गौरव रजकले जनाएका छन् । २५९ खेलाडीको सहभागिता रहनेछ ।

पहिलो हुने टिमले ७५ हजार, दोस्रोले ५० हजार र तेस्रोले २५ हजार प्राप्त गर्नेछन् । उत्कृष्ट पुरुष/महिला खेलाडी जनही १० हजार नगदबाट पुरस्कृत हुनेछन् । हरेक स्पर्धामा शीर्ष स्थान हात पार्ने खेलाडीलाई क्रमशः ४ हजार, ३ हजार र २/२ हजार नगद पुरस्कार प्रदान गरिनेछ ।

दुईदिने प्रतियोगिताका खेलहरु लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा खेलाइनेछ ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार