शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#सर्वोच्च अदालतमा दर्ता#दानबहादुर कार्की#गोकर्णबाट पक्राउ#सुजन तामाङ#एसएसपी दिलीप घिमिरे#जेन्जी नागरिक अभियान#आनी छोइङ डोल्मा#यमपञ्चक#भाइटीका#सुनचाँदी#मूल्यमा उतारचढाव#राष्ट्रपतिसँग सभामुखको भेटवार्ता#कालीगण्डकी करिडोर सडक#सुक्खा पहिरो खस्दा सडक अवरुद्ध#कुकुरसहित प्रहरीको चेकिङ#मादल#पेसा ‘सङ्कटमा’#रनधता पोखरेलको निधन #सर्वोच्च अदालतमा दर्ता#दानबहादुर कार्की#गोकर्णबाट पक्राउ#सुजन तामाङ#एसएसपी दिलीप घिमिरे#जेन्जी नागरिक अभियान#आनी छोइङ डोल्मा#यमपञ्चक#भाइटीका#सुनचाँदी#मूल्यमा उतारचढाव#राष्ट्रपतिसँग सभामुखको भेटवार्ता#कालीगण्डकी करिडोर सडक#सुक्खा पहिरो खस्दा सडक अवरुद्ध#कुकुरसहित प्रहरीको चेकिङ#मादल#पेसा ‘सङ्कटमा’#रनधता पोखरेलको निधन
समाचार सुदूरपश्चिम प्रदेश अर्थतन्त्र

सुदूरपश्चिम प्रदेश सरकारको बजेट खर्च ४२ प्रतिशत

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शनिबार, ७ असार, २०८२ मा प्रकाशित
सुदूरपश्चिम प्रदेश सरकारको बजेट खर्च ४२ प्रतिशत
कैलाली, असार ७ :

सुदूरपश्चिम प्रदेश सरकारले कुल विनियोजित बजेटको ४२.२७ प्रतिशत बजेट मात्रै खर्च गरेको छ ।

चालु आव ०८१/८२ को साउनदेखि जेठ मसान्तसम्मको ११ महिनाको अवधिमा प्रदेश सरकारले कुल विनियोजित बजेटको ४२.२७ प्रतिशत अर्थात १३ अर्ब ३३ करोड चार लाख रुपैयाँ खर्च गरेको हो ।

यस अवधिमा प्रदेश सरकारले चालुतर्फ ६ अर्ब ९७ करोड दुई लाख रुपैयाँ र पुँजीगततर्फ ६ अर्ब ३६ करोड दुई लाख रुपैयाँ खर्च गरेको प्रदेश लेखा नियन्त्रक कार्यालयका प्रमुख वासुदेव जोशीले जानकारी दिए । उनका अनुसार भौतिक पूर्वाधार विकास मन्त्रालयले सबैभन्दा बढी पाँच अर्ब ७९ करोड ३३ लाख रुपैयाँ बजेट खर्च गरेको छ ।

सामाजिक विकास मन्त्रालयले दुई अर्ब ८६ करोड ७३ लाख रुपैयाँ, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले ९९ करोड ६७ लाख रुपैयाँ र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले  ९२ करोड ७६ लाख रुपैयाँ खर्च गरेको उनले जानकारी दिए ।

कार्यालय प्रमुख जोशीका अनुसार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले १६ करोड ७५ लाख रुपैयाँ, आर्थिक मामिला मन्त्रालयले ११ करोड ९२ लाख रुपैयाँ र आन्तरिक मामिला तथा कानुन मन्त्रालयले पाँच करोड २१ लाख रुपैयाँ खर्च गरेको छ ।

त्यस्तै प्रदेश व्यवस्थापिकाले १३ करोड ४१ लाख रुपैयाँ, प्रदेश नीति तथा योजना आयोगले दुई करोड ११ लाख रुपैयाँ र प्रदेश लोकसेवा आयोगले ४४ लाख रुपैयाँ खर्च गरेको उनले जानकारी दिए । प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार प्रदेश सरकारले चालु आवका लागि कुल ३१ अर्ब ६२ करोड ९८ लाख रुपैयँ बजेट विनियोजन गरेको थियो ।

त्यसमध्ये चालुतर्फ १२ अर्ब ८५ करोड ७४ लाख रुपैयाँ र पुँजीगततर्फ १८ अर्ब ७६ करोड २४ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार