सोमबार, ९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
राजनीति भिडियो

प्रतिनिधिसभमा रास्वपा : प्रतिपक्ष बोल्दा भित्र, सत्तापक्ष बोल्दा बाहिर

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शनिबार, ७ असार, २०८२ मा प्रकाशित
प्रतिनिधिसभमा रास्वपा : प्रतिपक्ष बोल्दा भित्र, सत्तापक्ष बोल्दा बाहिर
काठमाडौं, असार ७ :

प्रतिनिधिसभामा विनियोजन विधेयकमाथिको छलफल जारी छ । सत्तापक्षका सांसदलाई विधेयकका विविध पक्षमा आफ्ना मन्तव्य व्यक्त गर्न सभामुखले समय दिएर नाम घोषणा गर्नासाथ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद बैठक पक्षबाट बाहिरिन थालेका छन् ।

यहाँ रोचक पक्ष के छ भने विपक्षी दलका सांसदको छलफलमा भाग लिने पालो आएपछि रास्वपाका सांसद पुनः बैठकमा आउने र सत्तापक्षका सांसदहरुको बोल्ने पालो आए बाहिरिने गरेका छन् । उनीहरुले कहिले नीलो गलबन्दी लगाएर त कहिले बेलअगाडि पलेंटी कसेर विरोध गर्दै आएका छन् ।

रास्वपाका प्रवक्ता मनीष झाले प्रतिपक्षी दलका सांसदले विनियोजन विधेयकमा धारणा राख्दा बेलअगाडि उभिएको र सत्ता पक्षका सांसद बोल्न थालेपछि आफूहरु बैठकबाट बाहिरिएको बताए ।

‘सत्तापक्ष सांसद बोल्न थालेपछि बैठकबाट बाहिरिएका हौँ, हामी संसद् भवन मै छौँ, प्रतिपक्ष बोल्ने बेला फेरि भित्र आउँछौं,’ उनले भने ।

-हेर्नुहोस् लाइभ 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार