आइतबार, २५ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#घटस्थापना#बडादसैँको पहिलो दिन#एआईजी वशीराज दाहाल#बर्खास्त#ग्यासका सिलिन्डर#सट्टापट्टा#विपद्सम्बन्धी अध्यादेश#डा. श्रवणकुमार साह#प्रमुख प्रशासकीय अधिकृत#कागेश्वरी मनोहरा नगरपालिका#गलौदीमा सडक भासियो#सभापतिको मतगणना आजै#विद्युत आपूर्ति प्रभावित हुने#अखिल नेपाल फुटबल सङ्घ#पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा#नेपाली कम्युनिष्ट पार्टी#राष्ट्रिय जागरण अभियान #घटस्थापना#बडादसैँको पहिलो दिन#एआईजी वशीराज दाहाल#बर्खास्त#ग्यासका सिलिन्डर#सट्टापट्टा#विपद्सम्बन्धी अध्यादेश#डा. श्रवणकुमार साह#प्रमुख प्रशासकीय अधिकृत#कागेश्वरी मनोहरा नगरपालिका#गलौदीमा सडक भासियो#सभापतिको मतगणना आजै#विद्युत आपूर्ति प्रभावित हुने#अखिल नेपाल फुटबल सङ्घ#पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा#नेपाली कम्युनिष्ट पार्टी#राष्ट्रिय जागरण अभियान
खेलकुद

प्रथम महानगरस्तरीय ‘बडीबिल्डिङ च्याम्पियन’ का विजेता ५ लाख र ट्रफी

युद्धको वीभत्स विभिषिका चलेका बेला मानवीय स्वास्थ्य क्षेत्रमा प्रगति भएमा विश्व शान्ति कायम गर्न सकिन्छ : प्रधानमन्त्री ओली
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शनिबार, ७ असार, २०८२ मा प्रकाशित
प्रथम महानगरस्तरीय ‘बडीबिल्डिङ च्याम्पियन’ का विजेता ५ लाख र ट्रफी
काठमाडौं, असार ७ :

प्रधानमन्त्री केपी ओलीले ‘फर्स्ट मिस्टर महानगर बडीबिल्डिङ च्याम्पियनसिप’ का विजेतालाई पुरस्कार प्रदान गरेका छन् ।

काठमाडौं महानगरपालिका २२ को आयोजनामा भएको प्रतियोगितामा प्रथम हुने खेडाली कृष महर्जनलाई प्रधानमन्त्री ओलीबाट पाँच लाख रुपैयाँ र ट्रफीसहितको पुरस्कार प्रदान गरिएको हो । नेपाल शारीरिक सुगठन तथा फिटनेसको सहकार्यमा भएको कार्यक्रममा पछिल्ला अन्तर्राष्ट्रिय शारीरिक सुगठन खेल प्रतियोगिताका विजेता, खेल क्षेत्रको विकासका योगदानदातालाई सम्मान गरिएको थियो ।

प्रधानमन्त्री ओलीले स्वस्थ्य रहनु जीवनको ठुलो सम्पत्ति रहेकाले शारीरिक सुगठनले स्वस्थ्य जीवनका लागि योगदान दिने बताए । उनले सरकारको स्वास्थ्य नीतिको मूल नीति निरोगी नेपाल भएकाले आरोग्यताका लागि सबैले ध्यान दिर्नुपर्नेमा जोड दिए ।

उनले अन्तर्राष्ट्रिय खेल प्रतियोगितामा जितेर नेपाललाई विश्वमाझ चिनाउने खेलाडीलाई सरकारले नगद पुरस्कार प्रदान गर्दै आएको स्मरण गराए । ‘दुनियाँमा आज युद्ध भइरहेको छ । एकले अर्को देशमा हमला गरेर, मान्छे मारेर होइन, यस्ता प्रतियोगिता गरेर जितेर मानवीय स्वास्थ्यका लागि काम गर्न सकिन्छ,’ ओलीले भने, ‘युद्धको वीभत्स विभिषिका चलेका बेला मानवीय स्वास्थ्य क्षेत्रमा प्रगति भएमा विश्व शान्ति कायम गर्न सकिन्छ ।’
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार