
इजरायलले दक्षिणपश्चिम इरानमा दर्जनौं सैन्य लक्ष्यहरूमा आक्रमण गरेको जनाएको छ।
दुई देशबीच द्वन्द्व सुरु भएको नवौं दिनमा आज इजरायलले खुजेस्तान प्रान्तमा रहेको एक आपतकालीन केन्द्रलाई लक्ष्य बनाएको इरानी सञ्चारमाध्यमले जनाएको छ। आक्रमणमा एक विश्वविद्यालय पूर्ण रूपमा ध्वस्त भएको बताईएको छ ।
यसअघि इरानका विदेशमन्त्रीले इजरायल–इरान द्वन्द्वमा अमेरिकी संलग्नता अत्यन्तै खतरनाक हुने चेतावनी दिएका थिए।यसैबीच टर्कीका राष्ट्रपति एर्दोआनले इरानी विदेशमन्त्रीसँग भेट गरेका छन्।
इजरायली सेनाले रातभरको लक्षित कारबाहीमा इरानी कमान्डर सईद इजादी मारिएको दाबी गरेको छ । यी आक्रमणहरूले इरानको गुप्तचर संयन्त्रमा गम्भीर कमजोरीहरू रहेको देखाएको छ ।
स्थानीय सञ्चारमाध्यमका अनुसार साइप्रसमा रहेको एक आरएएफ बेस नजिकै एक शंकास्पद इरानी जासूस पक्राउ परेका छन् । जसले आतंकवादी आक्रमण योजना बनाएको सूचना प्राप्त भएको समाचार छ ।