शुक्रबार, १३ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पाँच सय कन्टेनर थन्किए#प्रधानमन्त्रीको सचिवालय#तत्काल रिहा गर्न प्रधानमन्त्रीको निर्देशन#प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण#डीडीसीका तत्कालीन महाप्रबन्धक#सञ्जीव झा पक्राउ#निरन्तर वर्षा#बाक्लो हिमपात#नेप्से परिसूचक#सामान्य अङ्कले घट्यो#एनप्याब्सन#सरकारद्वारा निलम्बन#सोलुखुम्बुको होटलमा आगलागी#नेपाली कांग्रेस#सर्वोच्चको पूर्ण बैठक #पाँच सय कन्टेनर थन्किए#प्रधानमन्त्रीको सचिवालय#तत्काल रिहा गर्न प्रधानमन्त्रीको निर्देशन#प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण#डीडीसीका तत्कालीन महाप्रबन्धक#सञ्जीव झा पक्राउ#निरन्तर वर्षा#बाक्लो हिमपात#नेप्से परिसूचक#सामान्य अङ्कले घट्यो#एनप्याब्सन#सरकारद्वारा निलम्बन#सोलुखुम्बुको होटलमा आगलागी#नेपाली कांग्रेस#सर्वोच्चको पूर्ण बैठक
समाचार राजनीति

क्यान विभाजनसम्बन्धी विधेयकमाथि सैद्धान्तिक छलफल सुरु, मन्त्री पाण्डे भन्छन्- विधेयक टुक्रयाउने नभई व्यवस्थित पार्न ल्याइएको हो

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, ८ असार, २०८२ मा प्रकाशित
क्यान विभाजनसम्बन्धी विधेयकमाथि सैद्धान्तिक छलफल सुरु, मन्त्री पाण्डे भन्छन्- विधेयक टुक्रयाउने नभई व्यवस्थित पार्न ल्याइएको हो
काठमाडौं, असार ८ :

नेपाल नागरिक उड्डयन प्राधिकरण र नेपाल हवाई सेवा प्राधिकरणलाई व्यवस्थित पार्न तयार गरिएको ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक र हवाई सेवा प्राधिकरणसम्बन्धी विधेयक २०८१’ माथि सैद्धान्तिक छलफल सुरु भएको छ ।

प्रतिनिधिसभाअन्तर्गत रहेको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा विधेयकबारे छलफल सुरु गरिएको हो । सैद्धान्तिक छलफलका क्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले संसद्‌मा यो विधेयकप्रति व्यापक चासो देखिएको बताए ।

‘संसद्‌को प्राथमिकतामा रहेको यो विधेयकमा ७५ सांसदले सक्रियताका साथ भाग लिनुभएको छ,’ मन्त्री पाण्डेले भने, ‘सरकारको तर्फबाट यो विधेयक कुनै संस्था टुक्र्याउने उद्देश्यले होइन, व्यवस्थित पार्ने दृष्टिकोणबाट आएको हो ।’ उनका अनुसार विधेयकमा आठवटा प्रमुख सूचक समावेश छन् । कर्मचारीहरूको असन्तुष्टिपछि ट्रेड युनियनहरूसँग छलफल गरी विधेयकमा आवश्यक संशोधनमार्फत अघि बढ्ने सहमति पनि भइसकेको जानकारी मन्त्री पाण्डेले दिए ।

छलफलका क्रममा विज्ञ तथा संशोधनकर्ताहरूको धारणा समेटिने विश्वास उनले व्यक्त गरे । साथै हवाई नीति र छाता ऐन अन्तिम चरणमा रहेको जानकारी दिँदै ती विषय पनि चाँडै अगाडि बढाइने उनको भनाइ थियो ।

हवाई दुर्घटनापछि पाउने बिमासम्बन्धी व्यवस्थामा स्वदेशी र विदेशी नागरिकबीच देखिएको भिन्नतालाई हटाएर एकरूपता ल्याउने कार्य पनि अघि बढाइने मन्त्री पाण्डेले जानकारी दिए । विधेयकमा परेका संशोधन प्रस्तावहरूबारे अब सहमतिमै विस्तृत छलफल हुने समितिले जनाएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार