
काठमाडौं, असार ८ :
एमालेका सांसद सूर्य थापाले सहरी विकासमन्त्री प्रकाशमान सिंहको कार्यशैलीप्रति संसद्मा गुनासो गरेका छन् । आइतबार संसदमा बजेटमाथिको छलफलमा उनले मन्त्री सिंहले राम्रो काम नगरेको आरोप लगाए ।
उनले सहरी विकास मन्त्रालय कमजोर भएको र जनताको हितमा काम नभएको आरोप समेत लगाए। ‘सहरी विकास मन्त्रालय लथालिंग छ,’उनले भने, ‘जनताको पक्षमा ध्यान छैन।’
थापाले सिंहले आफ्ना पिता गणेशमान सिंहको निष्ठालाई बेवास्ता गर्दै बजेटमा बेइमानी गरेको दाबी गरे। उनले सिंहलाई आफ्ना पिता गणेशमान सिंहजस्तै इमानदार हुन नसेकेको आरोप लगाए। साथै थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सरकारको टिम पुनः मूल्यांकन गर्न पनि सुझाव दिए।