असार १० :

भिजिट भिषा  मुद्दासंग सम्बन्धित सरकारले बनाएको समिति सम्बन्धि पार्टीको धारणा बनाउनको लागि अहिले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले आन्तरिक छलफल गरिरहेका छन् ।  

छलफलबाट सो समितिको बिषयमा धारणा बनाउने र सदनको बैठक मै जानकारी गराउने पार्टी प्रवक्ता मनिष झाले बताउनुभयो । 

सरकारले भिजिट भिसा प्रकरणको छानबिन गर्न  पूर्वमुख्यसचिव शंकरदास वैरागीको नेतृत्वमा समिति गठन गर्ने निर्णय गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो ।

यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भिजिट भिसा प्रकरणमा सरकारले बनाएको उच्चस्तरीय छानबिन समितिप्रति असन्तुष्टि जनाएको छ । पार्टी प्रवक्ता मनिष झाले समितिलाई झारा टार्ने किसिमको भएको प्रतिक्रिया दिएको छ ।

झाले आफ्नो सामाजिक सञ्जालमार्फत गृहमन्त्री रमेश लेखकलाई यो पक्ररणका आरोपित तीर्थ भट्टराईलाई नै अध्यक्ष बनाउन सुझाव समेत दिएका छन् ।