शनिबार, १४ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पर्यटकीय गतिविधि प्रभावित#प्रतिकूल मौसम#बेनी-दरवाङ सडक अवरुद्ध#कोप-३१ को तयारी#मौसममा सुधार हुने#सबै पत्रकार रिहा#कागेश्वरी मनोहरा#काठमाडौंमै तेस्रो स्थानमा#वार्षिक स्वास्थ्य समीक्षा#पाँच सय कन्टेनर थन्किए#प्रधानमन्त्रीको सचिवालय#तत्काल रिहा गर्न प्रधानमन्त्रीको निर्देशन#प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण#डीडीसीका तत्कालीन महाप्रबन्धक#सञ्जीव झा पक्राउ #पर्यटकीय गतिविधि प्रभावित#प्रतिकूल मौसम#बेनी-दरवाङ सडक अवरुद्ध#कोप-३१ को तयारी#मौसममा सुधार हुने#सबै पत्रकार रिहा#कागेश्वरी मनोहरा#काठमाडौंमै तेस्रो स्थानमा#वार्षिक स्वास्थ्य समीक्षा#पाँच सय कन्टेनर थन्किए#प्रधानमन्त्रीको सचिवालय#तत्काल रिहा गर्न प्रधानमन्त्रीको निर्देशन#प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण#डीडीसीका तत्कालीन महाप्रबन्धक#सञ्जीव झा पक्राउ
समाचार कला/साहित्य

‘स्रष्टाको साधनाले नै नेपालको साहित्यिक र सांस्कृतिक यात्रा बाँचेको छ’

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, ११ असार, २०८२ मा प्रकाशित
‘स्रष्टाको साधनाले नै नेपालको साहित्यिक र सांस्कृतिक यात्रा बाँचेको छ’
काठमाडौं, असार ११ :

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले नेपाल संगीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठानमार्फत प्रदान गरिएका दीर्घ साधना राष्ट्रिय पुरस्कारलाई दुई पुस्ताका स्रष्टामा समर्पित भएकोमा खुसी जनाएका छन् । उनले यसलाई ऐतिहासिक सम्मानका रूपमा वर्णन गरेका गरे ।

राष्ट्रपति भवन शीतलनिवासमा बुधबार आयोजित नेपाल संगीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार २०८१ को अवसरमा आयोजित एक विशेष समारोहमा उनले यस्तो धारणा राखेका हुन् । नौजना स्रष्टालाई राष्ट्रिय सम्मान प्रदान गर्दै उनले भने, ‘यहाँहरूको साधनाले नै नेपालको साहित्यिक र सांस्कृतिक यात्रा बाँचेको छ। अब हामीले विदेशी भाषाका गीत सुन्ने बाध्यता हटाएर आफ्ना शब्द, स्वर र सङ्गीतको त्रिवेणीलाई विश्वभर गुञ्जयमान बनाएका छौं ।’ उनले लामो साधना र निरन्तर अभ्यासबाट खारिएका स्रष्टाहरूबाटै राष्ट्रको सांस्कृतिक धरोहरको संरक्षण, पुस्तान्तरण र प्रवर्द्धन सम्भव हुने विश्वास व्यक्त गरे । ‘हाम्रो अभौतिक संरचना हस्तान्तरण गर्नुपर्ने सन्देश यस कार्यक्रममा प्रस्ट रूपमा आएको छ,’ उनले भने ।

राष्ट्रपतिको उपस्थितिमा प्रदान गरिएका सम्मान राष्ट्रले आफ्नो पहिचान, सम्पत्ति र पुँजीप्रति गरेको आदरको प्रतीक भएको मन्त्री पाण्डेको भनाइ थियो । उनले प्रतिष्ठान, संस्थान र भाषा आयोगले गरिरहेका कदरको प्रशंसा गर्दै स्रष्टाहरू समाजको नायक र राष्ट्रिय पहिचानको वाहकका रूपमा चित्रण गरे ।

सम्मानित हुने स्रष्टामा दीप श्रेष्ठ- दीर्घ साधना, हरिबहादुर थापा- रंगमञ्च विधा, नारायण रायमाझी- लोकसंगीत विधा, कुन्ति मोक्तान- संगीत विधा, कुशेश्वर राई- परम्परागत तथा शास्त्रीय संगीत, वेदकुमारी न्यौपाने- नाट्य विधा, भुवनदास श्रेष्ठ- नृत्य विधा, कृष्णप्रसाद पौडेल- नृत्य खोज तथा अनुसन्धान र राजु अग्रवाल- वाद्यवादन विधाबाट सम्मान गरिएको हो ।

मन्त्री पाण्डेले नेपाली सांस्कृतिक सम्पदाको सम्मान, संरक्षण र विस्तारतर्फ राष्ट्र गम्भीर रूपमा अग्रसर रहेको सन्देश दिएको समेत बताए ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार