काठमाडौं, कात्तिक १४ :
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्ने भएको छ ।
आज बिहान ११ बजे सभापति रवि लामिछानेको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय घन्टीघरमा बस्ने सो बैठकमा समसामयिक विषयमा छलफल हुने रास्वपाका प्रवक्ता जगदीश खरेलले जानकारी दिनुभयो ।