शनिबार, १४ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#घर र गोठमा क्षति#डोल्पा कारागार#कैदी फरार#पर्यटकीय गतिविधि प्रभावित#प्रतिकूल मौसम#बेनी-दरवाङ सडक अवरुद्ध#कोप-३१ को तयारी#मौसममा सुधार हुने#सबै पत्रकार रिहा#कागेश्वरी मनोहरा#काठमाडौंमै तेस्रो स्थानमा#वार्षिक स्वास्थ्य समीक्षा#पाँच सय कन्टेनर थन्किए#प्रधानमन्त्रीको सचिवालय#तत्काल रिहा गर्न प्रधानमन्त्रीको निर्देशन #घर र गोठमा क्षति#डोल्पा कारागार#कैदी फरार#पर्यटकीय गतिविधि प्रभावित#प्रतिकूल मौसम#बेनी-दरवाङ सडक अवरुद्ध#कोप-३१ को तयारी#मौसममा सुधार हुने#सबै पत्रकार रिहा#कागेश्वरी मनोहरा#काठमाडौंमै तेस्रो स्थानमा#वार्षिक स्वास्थ्य समीक्षा#पाँच सय कन्टेनर थन्किए#प्रधानमन्त्रीको सचिवालय#तत्काल रिहा गर्न प्रधानमन्त्रीको निर्देशन
समाचार प्रदेश बागमती प्रदेश

अविरल वर्षाले काभ्रेको बेथानचोकमा दुई घर र गोठमा क्षति

दुवै परिवारका गरी १६ जनालाई सुरक्षित स्थानमा सारियो
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · १ घण्टा अगाडि प्रकाशित
अविरल वर्षाले काभ्रेको बेथानचोकमा दुई घर र गोठमा क्षति
फाइल तस्वीर ।
काभ्रे, कात्तिक १४ :

अविरल वर्षाका कारण काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका-४ खहरे खोलामा ग्राबेलसहितको लेदोमाटो बग्दा दुई घर र एउटा गोठमा क्षति पुगेको छ ।

आज बिहान लेदोमाटो बगेर स्थानीय शेरबहादुर तामाङको ढुङ्गा-माटोले बनेको जस्ताको छानो भएको एकतले घर पुरिएको हो । घरको जस्ता मात्र देखिने गरी लेदो माटोले पुरेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रविन विष्टले जानकारी दिए

सोही स्थानमा रहेका शेरबहादुरकै नजिकको अर्को तीनतले घर र स्थानीय हर्कबहादुर तामाङको तीनतले घरसमेत लेदोसहितको पानी पसेको छ । हर्कबहादुरको घरनजिक रहेको जस्तापाता र काठले बनेको गोठ पूर्ण रूपमा क्षति भएको छ ।

घटनामा मानवीय तथा चौपायाको क्षति नभएको र दुवै परिवारका आठ-आठ गरी १६ जनालाई सुरक्षित स्थानमा सारिएको प्रहरी नायब उपरीक्षक विष्टले जानकारी दिए । घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी खोपासीबाट खटिएको प्रहरी टोलीले दुवै परिवारलाई आफन्तको घरमा सुरक्षित स्थानमा स्थानान्तरण गरेको थियो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार