चितवन, असार १२ :

मुग्लिन-नारायणगढ सडकखण्ड दुई घण्टाका लागि बन्द गरिएको छ। आज बिहान ११ बजेदेखि बन्द भएको सडक अहिले दिउँसो १ बजेपछि खुल्ने तयारी भएको डिभिजन सडक कार्यालय भरतपुरले जनाएको छ।

इच्छा कामना गाउँपालिका-६ तुइँन खोला भन्ने ठाउँमा सडकमाथि अड्किएको ठुलो ढुंगा झार्नको लागि सवारी आवागमन बन्द गरिएको डिभिजन कार्यालयका इन्जिनियर कृष्ण आचार्यले बताए । लामो एक्स्काभेटर ल्याएर भिरमा अड्केको ढुंगा झार्ने काम भइरहेको छ ।