शुक्रबार, ६ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#मोहम्मद सैफउद्दिन#एनपीएल#विजयादशमीको टीका#वर्षा र हिमपात#कालीगण्डकी कोरिडोर#बाढीले ग्रतिग्रस्त#सभापति गगनकुमार थापा#साउदी अरब#हानिनोक्सानी कोष#विश्व पोलियो दिवस#मेगा पोलियो साइकल -याली#पुनः वर्षाको सम्भावना#त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल#विदेसिने युवाको लर्को#निःशुल्क बस सेवा #मोहम्मद सैफउद्दिन#एनपीएल#विजयादशमीको टीका#वर्षा र हिमपात#कालीगण्डकी कोरिडोर#बाढीले ग्रतिग्रस्त#सभापति गगनकुमार थापा#साउदी अरब#हानिनोक्सानी कोष#विश्व पोलियो दिवस#मेगा पोलियो साइकल -याली#पुनः वर्षाको सम्भावना#त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल#विदेसिने युवाको लर्को#निःशुल्क बस सेवा
समाचार प्रदेश बागमती प्रदेश

तुइनभिरमा अड्किएको ढुङ्गा झिक्न बन्द गरिएको नारायणगढ-मुग्लिन सडक सञ्चालन

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, १२ असार, २०८२ मा प्रकाशित
तुइनभिरमा अड्किएको ढुङ्गा झिक्न बन्द गरिएको नारायणगढ-मुग्लिन सडक सञ्चालन
चितवन, असार १२ :

नारायणगढ-मुग्लिन सडक खण्ड आज दिउँसो ३ बजेसम्म बन्द गरिएकामा अहिले नियमित रूपमा दुईतर्फी सवारीसाधन आवतजावत गरिरहेका छन् ।

सडक डिभिजन कार्यालय भरतपुरका सूचना अधिकारी इञ्जिनियर कृष्ण आचार्यका अनुसार चितवनको इच्छाकामना–६ स्थित तुइनभिरमा अड्किएर बसेको ढुङ्गा झार्न आज बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म सडक बन्द गरिकामा काम नसकिएपछि पुनः ३ बजेसम्म बन्द गरिएको थियो ।

कुनैपनि समयमा माथिबाट ढुङ्गा झर्ने र सम्भावित दुर्घटना हुनसक्ने भएकाले जोखिम कम गर्न र दुर्घटना न्यूनीकरण गर्न सडक डिभिजन कार्यालयबाट लामो बुमसहितको स्काभेटर प्रयोग गरी ढुङ्गा झरिएको उनले जानकारी दिए । ढुङ्गा झरिएसँगै दुईतर्फी सवारीसाधन आवतजावत गरिरहेका इञ्जिनियर कृष्ण आचार्यले बताए । बन्दा अवधिभर आफ्नो लेन अनुशासनमा रही सवारीसाधन रोक्नका कार्यालयले अनुरोध गरेको थियो । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार