शुक्रबार, ६ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#मोहम्मद सैफउद्दिन#एनपीएल#विजयादशमीको टीका#वर्षा र हिमपात#कालीगण्डकी कोरिडोर#बाढीले ग्रतिग्रस्त#सभापति गगनकुमार थापा#साउदी अरब#हानिनोक्सानी कोष#विश्व पोलियो दिवस#मेगा पोलियो साइकल -याली#पुनः वर्षाको सम्भावना#त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल#विदेसिने युवाको लर्को#निःशुल्क बस सेवा #मोहम्मद सैफउद्दिन#एनपीएल#विजयादशमीको टीका#वर्षा र हिमपात#कालीगण्डकी कोरिडोर#बाढीले ग्रतिग्रस्त#सभापति गगनकुमार थापा#साउदी अरब#हानिनोक्सानी कोष#विश्व पोलियो दिवस#मेगा पोलियो साइकल -याली#पुनः वर्षाको सम्भावना#त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल#विदेसिने युवाको लर्को#निःशुल्क बस सेवा
समाचार

बडादसैँको तेस्रो दिन, आज पनि टीका जमरा लगाइँदै

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · १ घण्टा अगाडि प्रकाशित
बडादसैँको तेस्रो दिन, आज पनि टीका जमरा लगाइँदै
काठमाडौं, कात्तिक ६ :

विजयादशमीको टीकाको तेस्रो दिन आज द्वादसीमा पनि टीका र जमरा लगाएर दसैँ मनाइँदैछ । नवदुर्गाको प्रसादका रूपमा आज पनि मान्यजनका हातबाट टीका र जमरा लगाएर बडादसैँ मनाइएको छ । विजया दशमीमा शुभ साइतको प्रतीक रातो टीका र समृद्धिको प्रतीक जमरा लगाएर मान्यजनहरुबाट आशीर्वाद लिने गरिन्छ ।

गत बुधबार बडादसैँको मुख्य दिन अर्थात् विजयादशमी हो । त्यसदिन टीका थाप्न नभ्याएका तथा अन्यत्र आफन्त एवं मान्यजनकहाँ जानुपर्नेहरुले बिहीबार एकादशी र आज पनि आफन्त तथा मान्यजनकहाँ पुगेर विजयादशमीको टीका थापिरहेका छन् । 

बडादसैँको टीकाको मुख्य दिन बुधबार भए पनि कोजाग्रत पूर्णिमासम्म नै मान्यजनबाट नवदुर्गा भवानीको प्रसादका रूपमा टीका र जमरा लगाउने र दसैँ मनाउने प्रचलन रहिआएको छ ।

विजयादशमीको तेस्रो दिन आज सर्वसाधारणको चहलपहल काठमाडौँ उपत्यकामा केही बढेको देखिएको छ । दसैँमा सुनसान रहेको काठमाडौँ उपत्यकामा आफन्त र मान्यजनकहाँ टीका लगाएर फर्कनेहरुको सङ्ख्या बढेसँगै चहलपहल बढेको देखिन्छ ।  

काठमाडौँबाट लामो तथा छोटो दूरीका सवारीसाधन हिजोका तुलनामा आज बढी नै सञ्चालन भएका छन् । यसबाट नागरिकलाई टीका थाप्न जानका लागि पनि सहज भएको छ ।

बाहिरबाट काठमाडौँ भित्रिने सवारीसाधनहरु बढेकाले सडकमा सवारी र सर्वसाधारणको चहलपहल बढेको देखिएको हो । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार