शुक्रबार, ६ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#विजयादशमीको टीका#वर्षा र हिमपात#कालीगण्डकी कोरिडोर#बाढीले ग्रतिग्रस्त#सभापति गगनकुमार थापा#साउदी अरब#हानिनोक्सानी कोष#विश्व पोलियो दिवस#मेगा पोलियो साइकल -याली#पुनः वर्षाको सम्भावना#त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल#विदेसिने युवाको लर्को#निःशुल्क बस सेवा#युवा चेस च्याम्पियनसिप #विजयादशमीको टीका#वर्षा र हिमपात#कालीगण्डकी कोरिडोर#बाढीले ग्रतिग्रस्त#सभापति गगनकुमार थापा#साउदी अरब#हानिनोक्सानी कोष#विश्व पोलियो दिवस#मेगा पोलियो साइकल -याली#पुनः वर्षाको सम्भावना#त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल#विदेसिने युवाको लर्को#निःशुल्क बस सेवा#युवा चेस च्याम्पियनसिप
समाचार अर्थतन्त्र

वेब प्रविधि पिएचपिमा विश्वव्यापी सुरक्षा जोखिम देखिएपछि नेपाल राष्ट्र बैंकको सेवा बन्द

सक्रिय न्युज · १ घण्टा अगाडि प्रकाशित
वेब प्रविधि पिएचपिमा विश्वव्यापी सुरक्षा जोखिम देखिएपछि नेपाल राष्ट्र बैंकको सेवा बन्द
काठमाडौं, कात्तिक ६ :

वेब प्रविधि पिएचपिमा विश्वव्यापी रूपमा गम्भीर सुरक्षा जोखिम देखिएपछि नेपाल राष्ट्र बैंकले आफ्नो वेबसाइट लगायतका सेवा अस्थायी रूपमा बन्द गरेको छ ।

राष्ट्र बैंकले आज सूचना जारी गर्दै सो जानकारी गराएको छ । सुरक्षा जोखिमलाई मध्यनजर गरी सेवा अस्थायी रूपमा बन्द गरिएको बैकले जनाएको छ । यसबाट बैंकिङ तथा वित्तीय क्षेत्रका सरोकारवाला निकाय र सर्वसाधारणमा पर्न गएको असुविधा प्रति बैंकले क्षमायाचना समेत गरेको छ ।

सेवा बन्द रहेको अवधिमा राष्ट्र बैंकसँग सम्बन्धित अत्यावश्यक सूचना तथा जानकारीका लागि बैंकका आधिकारिक सामाजिक सञ्जालमार्फत जानकारी लिन आग्रह गरिएको छ ।

राष्ट्र बैंकले पिएचपिमा देखिएको सुरक्षा जोखिमलाई ध्यानमा राख्दै आवश्यक सतर्कता अपनाउन बैंक तथा वित्तीय संस्था, भुक्तानी प्रणाली सञ्चालक (पीएसओ), भुक्तानी सेवा प्रदायक (पीएसपी) र विप्रेषण कम्पनीहरूलाई पनि अपिल गरेको छ ।

साथै सर्भरमा प्रयोग भइरहेका प्रणालीलाई सबलीकरण गर्न र नियमित सुरक्षा निगरानी बढाउन सम्बन्धित संस्थाहरूलाई आग्रह गरिएको छ ।

राष्ट्र बैंकले आज जारी गरेको सूचनामा सुरक्षा जोखिमलाई केन्द्रित गर्दै आवश्यक सावधानी अपनाउन सम्बन्धित सबै निकायको ध्यानाकर्षण गराएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार