बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार

पूर्वराजाले आफ्नो ‘बर्थ-डे’ मा सर्वसाधारणसँग भेटवार्ता गर्ने

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, १३ असार, २०८२ मा प्रकाशित
पूर्वराजाले आफ्नो ‘बर्थ-डे’ मा सर्वसाधारणसँग भेटवार्ता गर्ने
काठमाडौं, असार १३ :

पूर्वराजा ज्ञानेन्द्र शाहले आफ्नो ७९औं जन्मदिनका अवसरमा सबैसँग सार्वजनिक रुपमा भेटवार्ता गर्ने भएका छन् ।

उनको बर्थ डे असार २३ गते हो । ज्ञानेन्द्रको सचिवालयका अनुसार जन्मदिनका अवसरमा निर्मल निवासमा विशेष समारोह आयोजना गरिनेछ ।

पूर्वराजाका संवाद सचिव डा. फणिराज पाठकका अनुसार कार्यक्रम बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालन हुनेछ।

समारोहमा सर्वसाधारणको सहभागिता खुला रहने र त्यस अवसरमा उपस्थित सबैसँग पूर्वराजा शाहले शुभकामना आदानप्रदान तथा अभिवादन स्वीकार गर्ने कार्यक्रम रहेको सचिवालयले जनाएको छ ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार