
काठमाडौं, असार १५ :
सभामुख देवराज घिमिरेले आइतबार पनि प्रमुख पाँच दलका मुख्य सचेतक, प्रमुख सचेतक र सचेतकहरुसँग छलफल गरिरहेका छन् ।
सदनको गतिरोध अन्त्यको प्रयास स्वरुपसभामुख घिमिरेले दलहरुबीच छलफल गरेका हुन् ।
नयाँ बानेश्वरस्थित संसद् भवनमा जारी छलफलमा सत्तापक्ष र प्रमुख प्रतिपक्षी दलसहित प्रमुख पाँच दलका मुख्य सचेतक, प्रमुख सचेतक र सचेतकहरु सहभागी भएको घिमिरेको सचिवालयले जनाएको छ ।
छलफलमा नेपाली कांग्रेस, नेकपा एमाले, एकीकृत माओवादी केन्द्र, रास्वपा र राप्रपाका नेताहरु सहभागी छन् ।
रास्वपा र राप्रपाले भिजिट भिसा प्रकरणलाई लिएर जेठ १३ गतेबाट संसद् अवरोध गर्दै आएका छन् ।