बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार

प्रहरी हिरासतमा हुनुपर्ने व्यक्ति अस्पतालमा !

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, १५ असार, २०८२ मा प्रकाशित
प्रहरी हिरासतमा हुनुपर्ने व्यक्ति अस्पतालमा !
काठमाडौं, असार १५ :

काठमाडौं भ्यू टावरका ठेकेदार मनोजकुमार भेटवाल सुटुक्क अस्पताल भर्ना भएका छन् ।शुक्रबार पक्राउ परेका भेटवाल धुम्बराहीको ह्याम्स अस्पतालमा भर्ना भएका छन् । 

उनलाई अस्पतालको क्याबिन नम्बर ८१२ मा राखिएको छ । पीडितले नै शुक्रबार बिहान भेटवाललाई पक्रेर प्रहरी वृत्त सिंहदरबारमा लगेर बुझाएका थिए ।

उनी अस्पताल नै भर्ना हुने बिरामी नरहेको बुझिएको छ ।  करिब १० करोड रुपैयाँको चेक बाउन्स आरोपमा पक्राउ परेका हुन् ।जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहराले भेटवाललाई बैंकिङ कसुरको आरोपमा पक्राउ गरिएको जानकारी गराएका छन् । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार