
काठमाडौं, असार १५ :
काठमाडौं भ्यू टावरका ठेकेदार मनोजकुमार भेटवाल सुटुक्क अस्पताल भर्ना भएका छन् ।शुक्रबार पक्राउ परेका भेटवाल धुम्बराहीको ह्याम्स अस्पतालमा भर्ना भएका छन् ।
उनलाई अस्पतालको क्याबिन नम्बर ८१२ मा राखिएको छ । पीडितले नै शुक्रबार बिहान भेटवाललाई पक्रेर प्रहरी वृत्त सिंहदरबारमा लगेर बुझाएका थिए ।
उनी अस्पताल नै भर्ना हुने बिरामी नरहेको बुझिएको छ । करिब १० करोड रुपैयाँको चेक बाउन्स आरोपमा पक्राउ परेका हुन् ।जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहराले भेटवाललाई बैंकिङ कसुरको आरोपमा पक्राउ गरिएको जानकारी गराएका छन् ।