
काठमाडौं, असार १५ :
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल वीर अस्पताल भर्ना भएका छन् ।
थाइल्यान्ड भ्रमणबाट शुक्रबार फर्किएका मन्त्री पौडेल ज्वरो आएर अस्पताल भर्ना भएका हुन् ।
रुघाखोकी र ज्वरोलगायत समस्या देखिएपछि स्वास्थ्यमन्त्री पौडेल उपचारका लागि अस्पतालको भीभीआईपी वार्डमा भर्ना भएका छन् ।
थाइल्यान्ड जानुअघि पनि उनको स्वास्थ्यमा सामान्य समस्या देखिएको थियो । अस्पतालले उनको स्वास्थ्य परीक्षण भइरहेको जनाएको छ ।