शुक्रबार, १३ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार कर्णाली प्रदेश

खुकुरी प्रहार गरी श्रीमतीको हत्या

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, १८ असार, २०८२ मा प्रकाशित
खुकुरी प्रहार गरी श्रीमतीको हत्या
रुकुम पश्चिम, असार १८ :

रुकुम पश्चिमको चौरजहारी नगरपालिका ३, टाटागाउँका ३२ वर्षीय चन्द्रबहादुर बुढाथोकीले आफ्नी ३० वर्षीया पत्नी देविकाको हत्या गरेका छन् । उनले गए राति खुकुरी प्रहार गरेर पत्नीको हत्या गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरीक्षक ऋषि पाठकका अनुसार घटनास्थलबाट खुकुरीसहित चन्द्रबहादुरलाई नियन्त्रणमा लिइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको पनि पाठकले जनाए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार