शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#सभापति रवि लामिछाने#सर्वोच्च अदालतमा दर्ता#दानबहादुर कार्की#गोकर्णबाट पक्राउ#सुजन तामाङ#एसएसपी दिलीप घिमिरे#जेन्जी नागरिक अभियान#आनी छोइङ डोल्मा#यमपञ्चक#भाइटीका#सुनचाँदी#मूल्यमा उतारचढाव#राष्ट्रपतिसँग सभामुखको भेटवार्ता#कालीगण्डकी करिडोर सडक#सुक्खा पहिरो खस्दा सडक अवरुद्ध#कुकुरसहित प्रहरीको चेकिङ#मादल#पेसा ‘सङ्कटमा’ #सभापति रवि लामिछाने#सर्वोच्च अदालतमा दर्ता#दानबहादुर कार्की#गोकर्णबाट पक्राउ#सुजन तामाङ#एसएसपी दिलीप घिमिरे#जेन्जी नागरिक अभियान#आनी छोइङ डोल्मा#यमपञ्चक#भाइटीका#सुनचाँदी#मूल्यमा उतारचढाव#राष्ट्रपतिसँग सभामुखको भेटवार्ता#कालीगण्डकी करिडोर सडक#सुक्खा पहिरो खस्दा सडक अवरुद्ध#कुकुरसहित प्रहरीको चेकिङ#मादल#पेसा ‘सङ्कटमा’
समाचार अर्थतन्त्र

‘पर्यटन मन्त्रालय नीतिगत र संरचनागत सुधारमा केन्द्रित छ’

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, १८ असार, २०८२ मा प्रकाशित
‘पर्यटन मन्त्रालय नीतिगत र संरचनागत सुधारमा केन्द्रित छ’
काठमाडौं, असार १८ :

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले हाल आफूहरु नीतिगत र संरचनागत सुधारमा केन्द्रित रहेको बताएका छन् ।

प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको सिंहदरबारमा बुधबार बसेको बैठकमा उनले अहिले नीतिगत सुधारमा केन्द्रित भएको बताए । ‘हाल हामी नीतिगत र कानुनी कामहरु गरिरहेका छौं । नागरिक उड्डयन, संस्कृति, पर्यटनलगायत कानुनी सुधारका कुरामा केन्द्रित छौं,’ उनले भने, ‘अहिले ९ वटा आवश्यक ऐन हामी अघि बढाइरहेका छौं । संरचनामा काम गर्ने कुरामा हामी लागिरहेका छौं ।’

नेपालको पर्यटनमा लगानी बढाउन निजी क्षेत्रलाई विश्वासमा लिनुपर्ने उनले उल्लेख गरे । मन्त्री पाण्डेले भने, ‘पर्यटन बोर्डका माध्यमबाट निजी क्षेत्रलाई सहजीकरण गर्ने काममा लागिरहेका छौं । उहाँहरु पनि बोर्डको सहजीकरणबाट विश्वस्त  र उत्साहित हुनुहुन्छ ।’

मन्त्री पाण्डेले पर्यटन बोर्ड थिंक ट्यांक पनि भएको उल्लेख गरे । ‘पर्यटन प्रवर्द्धनको खाका बनाउने र कार्ययोजना बनाउने चरणको अन्तिमतिर छौं । बजेट अभाव छ । निजी क्षेत्रलाई कसरी अघि बढ्न सकिन्छ भन्‍ने कुरामा हामी केन्द्रित छौं,’ उनले भने ।


मन्त्री पाण्डेले यसअघि नै पर्यटन दशक घोषणा भइसकेको उल्लेख गर्दै आफूहरु कार्ययोजना बनाउने काममा लागिरहेका जनाए । ‘भ्रमण दशकको कार्ययोजना निर्माणको अन्तिम चरणमा छौं । यो कार्यान्वयनमा आएसँगै पर्यटनले फड्को मार्ने विश्‍वास लिएका छौं,’ उनले भने ।

मन्त्री पाण्डेले हवाई सेवालाई सुरक्षित, सुलभ र भरपर्दो बनाउन मन्त्रालयले निरन्तर पहल गरिरहेको समेत बताए । ‘हवाई टिकट महँगो भयो भन्‍ने व्यापक गुनासो आइरहेको छ । यसको सम्बोधनका लागि हामीले निरन्तर पहल गरिरहेका छौं,’ उनले भने, ‘नेपाल एयरलाइन्सको क्षमता वृद्धि गर्ने र विदेशी एयरलाइन्सको प्रभाव कम गर्न सकिए हवाई भाडा समायोजन हुनसक्ने सम्भावना उच्च हुन्छ ।’

मन्त्री पाण्डेले मुलुकको आन्तरिक उडानलाई प्रभावकारी बनाउन प्रदेशस्तरमा ट्विनेटर विमान सञ्‍चालनका लागि पनि प्रदेशसँग समन्वय भइरहेको जानकारी गराए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार