बारा, असार १८ :

बाराको जितपुरसिमरा उपमहानगरपालिका–२ मा रहेको जगदम्बा स्टिल्स उद्योगको भट्टीमा बुधबार राति अचानक विस्फोट भएको छ। विस्फोट राति करिब ९:१५ बजे भएको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय सिमराका अनुसार, उक्त भट्टीमा फलाम पगाल्ने काम भइरहेको बेला विस्फोट भएको हो। विस्फोटको आवाज टाढाटाढासम्म सुनिएको स्थानीयबासीले बताएका छन्। विस्फोटको कारण भने हालसम्म यकिन भइसकेको छैन।

विस्फोट तत्कालै प्रहरीको टोली घटनास्थलमा पुगेको छ। उद्योगको उत्पादन इकाईभित्र विस्फोट भएको र त्यसले कसरी र कति क्षति पुर्‍यायो भन्ने विषयमा विस्तृत विवरण आउन बाँकी रहेको जनाइएको छ। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।