
काठमाण्डौँ , भदौ २६ :
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय र केन्द्रबीच खेलाडीलाई निशुल्क स्वास्थ्य परीक्षण गर्ने त्रिपक्षीय सम्झौता भएको छ ।
आज स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलको उपस्थितिमा खेलाडीलाई स्वास्थ्य परीक्षण गर्ने कार्यक्रमको शुभारम्भ गरिएको छ ।
काठमाडौँ बाँसबारीस्थित सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा प्यारा ओलम्प्किमा पदक विजेता खेलाडी पलेशा गोवर्धनलाई चिकित्सकले निशुल्क स्वास्थ्य परीक्षण गरेर कार्यक्रमको शुभारम्भ गरिएको हो ।
कार्यक्रममा स्वास्थ्यमन्त्री पौडेल, युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी लगायतको उपस्थिति रहेको थियो ।
