शनिबार, २४ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#एआईजी वशीराज दाहाल#बर्खास्त#ग्यासका सिलिन्डर#सट्टापट्टा#विपद्सम्बन्धी अध्यादेश#डा. श्रवणकुमार साह#प्रमुख प्रशासकीय अधिकृत#कागेश्वरी मनोहरा नगरपालिका#गलौदीमा सडक भासियो#सभापतिको मतगणना आजै#विद्युत आपूर्ति प्रभावित हुने#अखिल नेपाल फुटबल सङ्घ#पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा#नेपाली कम्युनिष्ट पार्टी#राष्ट्रिय जागरण अभियान#जगद्गुरु श्री आदि शंकराचार्य#२५ लाख रुपैयाँ सहयोग#प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष #एआईजी वशीराज दाहाल#बर्खास्त#ग्यासका सिलिन्डर#सट्टापट्टा#विपद्सम्बन्धी अध्यादेश#डा. श्रवणकुमार साह#प्रमुख प्रशासकीय अधिकृत#कागेश्वरी मनोहरा नगरपालिका#गलौदीमा सडक भासियो#सभापतिको मतगणना आजै#विद्युत आपूर्ति प्रभावित हुने#अखिल नेपाल फुटबल सङ्घ#पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा#नेपाली कम्युनिष्ट पार्टी#राष्ट्रिय जागरण अभियान#जगद्गुरु श्री आदि शंकराचार्य#२५ लाख रुपैयाँ सहयोग#प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष
राजनीति

नारायणकाजी श्रेष्ठको दाबी- सरकारमा रहँदा सुशासनको अभियानलाई गुणात्मक ढङ्गले अघि बढायौं

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, २३ असार, २०८२ मा प्रकाशित
नारायणकाजी श्रेष्ठको दाबी- सरकारमा रहँदा सुशासनको अभियानलाई गुणात्मक ढङ्गले अघि बढायौं
काठमाडौं, असार २३ :

नेपाल कम्युनिस्ट पाार्टी (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पछिल्लो पटक अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) नेतृत्वको सरकारले सुशासनको अभियानलाई गुणात्मक ढङ्गले अघि बढाएको बताएका छन् ।

संयुक्त राज्य अमेरिकाको लस एन्जेल्समा आयोजित नेपाली समुदायसँग भएको भेटमा पूर्वउपप्रधामन्त्री श्रेष्ठले तत्कालीन सरकारले थालेको सुशासन, समृद्धि र सामाजिक न्यायको अभियानले आमजनतामा आशा जगाउन सकेको बताए ।

पार्टीलाई सुदृढीकरण गर्दै जनतासँग जोड्नका लागि हुलाकीमार्ग र मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान सफल भएको उल्लेख गर्दै उहाँले माओवादी जनताको सेवक भएको बताए ।

कार्यक्रममा उपाध्यक्ष श्रेष्ठले नेपालको वर्तमान राजनीतिक परिस्थिति, समृद्धिको कार्यभार, चुनौती तथा सम्भावना, गैरआवासीय नेपाली नागरिकताको व्यवस्था तथा नेपाली डायस्पोराको भूमिकाबारे धारणा राखे ।

कार्यक्रममा विभिन्न नेपाली सङ्घसंस्थाका प्रतिनिधि, व्यवसायी, इन्जिनियर, चिकित्सक, प्राध्यापकलगायतको सहभागिता थियो । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार