धादिङ, असार २४ :

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीमा आएको बाढीको प्रभाव धादिङको त्रिशूली नदी आसपासको तटीय क्षेत्रमा पर्ने भन्दै नदी छेउछाउ बसोबास गर्नेलाई उच्च सुरक्षा सतर्ककता अपनाउन जिल्ला प्रशासन कार्यालय धादिङले आग्रह गरेको छ ।

रसुवागढी नाकामा मंगलबार बिहान आएको बाढीले नदीमा पानीको सतह बढेपछि स्थानीय प्रशासनले एक सूचना जारी गर्दै नदी र जोखिमयुक्त क्षेत्र आसपासमा बसोबास गर्नेलाई सुरक्षित हुन आग्रह गरेको धादिङका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले बताए ।

त्रिशूलीमा दुई शव भेटिए, बाढीले जलाउँदै गरेको चिता पनि बगायो

स्थानीय प्रशासनले अहिले उद्धार टोलीसमेत तयारी अवस्थामा राखिएको छ । त्रिशूली नदी आसपासमा बसोबास गर्ने मानिसलाई सुरक्षित रहन भन्दै माइकिङसमेत गरेको छ । साथै प्रहरी पनि परिचालन गरिसकेको प्रमुख जिल्ला अधिकारी घिमिरेले बताए । 

नारायणी नदी आसपासको क्षेत्रमा बाढीको जोखिम, माइकिङ गर्दै सतर्कता अपनाउन आग्रह