बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#नेप्सेको प्रमुख कार्यकारी अधिकृत#प्रताप सुवेदी#गृहमन्त्री सुधन गुरुङ#नेपाल आयल निगम#विश्वप्रकाश शर्मा#सरकारको बदनाम अभियान#नवनियुक्त प्रहरी महानिरीक्षक#डा मनोजकुमार केसी#केपी शर्मा ओली#भारतीय विदेश सचिव#विक्रम मिश्री#आईजीपी प्रकरण#सरकार र रास्वपाको फरक अभिव्यक्ति#दानबहादुर कार्की#कानुनी उपचारको खोजीमा#हेलिकप्टर ठोक्किएको घटना#छानबिन गर्न समिति गठन #नेप्सेको प्रमुख कार्यकारी अधिकृत#प्रताप सुवेदी#गृहमन्त्री सुधन गुरुङ#नेपाल आयल निगम#विश्वप्रकाश शर्मा#सरकारको बदनाम अभियान#नवनियुक्त प्रहरी महानिरीक्षक#डा मनोजकुमार केसी#केपी शर्मा ओली#भारतीय विदेश सचिव#विक्रम मिश्री#आईजीपी प्रकरण#सरकार र रास्वपाको फरक अभिव्यक्ति#दानबहादुर कार्की#कानुनी उपचारको खोजीमा#हेलिकप्टर ठोक्किएको घटना#छानबिन गर्न समिति गठन
समाचार अर्थतन्त्र कर्पोरेट

दिगो पर्यटन विकासमा योगदान गरेको प्रकृति रिसोर्ट ट्राभललाइभ प्रमाणीकरण

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, २४ असार, २०८२ मा प्रकाशित
दिगो पर्यटन विकासमा योगदान गरेको प्रकृति रिसोर्ट ट्राभललाइभ प्रमाणीकरण
काठमाडौं, असार २४ :

दिगो पर्यटनमा योगदान गरेको भन्दै प्रकृति रिसोर्ट एन्ड अर्ग्यानिक फार्म बेलायतको प्रतिष्ठित ट्राभललाइभ प्रमाणीकरण भएको छ ।

सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका हैबुङ ३ मा रहेको प्रकृति रिसोर्ट एन्ड अर्ग्यानिक फार्मले वातावरणमैत्री पूर्वाधार विकास, अर्ग्यानिक खेती, शून्य फोहोर व्यवस्थापन र सामुदायिक समावेशीकरणमा आधारित भएको भन्दै ट्राभललाइभ प्रमाणीकरण प्रदान गरिएको एक कार्यक्रम गरी जानकारी गराइएको छ ।

नेपाल पर्यटन बोर्डको सभाहलमा मंगलबार एक कार्यक्रम आयोजना गर्दै रिसोर्टले ग्लोबल सस्टेनेबल टुरिजम् काउन्सिल तथा यूएनटीओको दिगो विकास लक्ष्यहरुमा आधारित १४३ मापदण्ड पूरा गरेपछि ट्राभललाइभ प्रमाणीकरण प्राप्त गरेको रिसोर्टका प्रबन्ध निर्देशक अरुण श्रेष्ठले जानकारी दिएका छन् ।

रिसोर्टका प्रबन्ध निर्देशक श्रेष्ठले भने, ‘यो उपलब्धिले रिसोर्टको दीर्घकालीन दिगो अभ्यासहरुमा मान्यता दिने र नेपाली पर्यटन उद्योगमा दिगो प्रवृत्तिको विकास गर्न प्रेरणा मिलेको छ ।’ उनले ट्राभललाइभको प्रमाणीकरणले नेपालको पर्यटनलाई विश्‍व बजारमा उत्तरदायी र जलवायु-मैत्री गन्तव्यका रुपमा स्थापित गर्न मद्दत पुर्‍याउने बताएका छन् ।

कार्यक्रममा नेपाल पर्यटन बोर्डका निमित्त निर्देशक सुनील शर्माले यस किसिमका अन्तर्राष्ट्रिय प्रमाणीकरणले अन्य होटेल तथा रिसोर्टहरुलाई पनि प्रेरणा मिलेको उल्लेख गरेका छन् । उनले भने, ‘अन्तर्राष्ट्रिय सर्टिफिकेसनले गर्दा पर्यटन क्षेत्रमा दिगो अभ्यासलाई प्रोत्साहन गर्दछ । स्थानीय समुदायको सहभागितामा मात्र दिगो पर्यटन सम्भव हुन्छ ।’

त्यसैगरी कार्यक्रममा होटेल संघ नेपालका अध्यक्ष विनायक शाहले अबको भविष्य नै हरित पर्यटनमा भएकोले यस उपलब्धिले इको-टुरिजम्‌मा थप टेवा पुग्‍ने बताएका छन् । यसैबीच कार्यक्रममा दिगो पर्यटन अवधारणा, रणनीति र भावी योजनाका बारेमा समूहगत छलफलसमेत भएको थियो ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार