शुक्रबार, १३ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार कर्णाली प्रदेश विदेश

भियतनाममा आएको सुपर टाइफुनमा १२७ भन्दा बढीको मृत्यु

· मंगलबार, २६ भदौ, २०८१ मा प्रकाशित
भियतनाममा आएको सुपर टाइफुनमा १२७ भन्दा बढीको मृत्यु
काठमाण्डौं, भदौ २६ :

गत शनिबार आएको शक्तिशाली आँधी यागीका कारण उत्तरी भियतनाममा कम्तिमा १२७ जनाको मृत्यु भएको छ ।  

अन्य ५४ जना बेपत्ता भएका  अधिकारीहरूले जनाएका छन्। सो सुपर टाइफुनका कारण भियतनाममा भारी वर्षा, पहिरो र बाढी आएको छ । 

हजारौं मानिसहरू घरका छतहरूमा फसेका दृश्यहरु देखिएका छन्। केहीले सामाजिक संजाल मार्फत मद्दतका लागि आग्रह गरेका छन् । 

टाइफुन यागी  भियतनाममा ३० वर्षमा सबैभन्दा शक्तिशाली आँधी हो । यसले देशको उत्तरी भागमा विनाश मच्चाएको छ । विद्युत समेत अवरोध  भएको छ । 

हिजो बाढीले फु थो प्रान्तको फोङ चाउ पुल भत्काउदा  धेरै सवारी साधनहरू नदीमा डुबेको थियो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार