काठमाडौं, असार २७ :

इजरायली आक्रमणमा कम्तीमा १५ जना प्यालेस्टिनीहरू मारिएका छन् ।  जसमा आठ जना बालबालिका र दुई महिला पनि रहेका छन् । 

मारिएका उनीहरू केन्द्रीय गाँजाको एउटा क्लिनिक अगाडि पोषण सप्लिमेन्ट लिनका लागि पाउने लाइनमा बसिरहेका थिए ।

देइर अल-बालाहस्थित अल-अक्सा सहिद अस्पतालमा बालबालिका सहितका मानिसहरू भुइँमा लडिरहेका र चिकित्सकहरूले उनीहरूको उपचार गरिरहेको भिडियो सार्वजनिक भएको छ ।

अमेरिकामा आधारित सहायता संस्था प्रोजेक्ट होपले संचालन गर्दै आएको उक्त क्लिनिकले  यो आक्रमणलाई अन्तर्राष्ट्रिय कानुनको स्पष्ट उल्लंघन भनेको छ। इजरायली सेनाले भने एक जना हमास आतंककारीलाई लक्षित गरेर आक्रमण गरेको  दाबी गर्दै नागरिकलाई क्षति पुगेकोमा दु:ख व्यक्त गरेको छ।

इजरायली आक्रमणमा मारिएका ६६ जनामध्ये उनीहरू पनि परेका हुन् ।

अमेरिका,कतार र इजिप्टको मध्यस्थतामा वार्ता भए पनि हालसम्म कुनै ठोस सहमति नजिक देखिएको छैन  यद्यपि अमेरिका आशावादी देखिएको छ।

प्रोजेक्ट होपले भने अनुसार बिहिबार बिहान देइर अल-बालाहको अलतायारा स्वास्थ्य क्लिनिक अगाडि आक्रमण भएको हो जब बिरामीहरू कुपोषण,संक्रमण, पुराना रोगहरू लगायतका उपचारको आशामा क्लिनिक खुल्ने पर्खाइमा थिए।

अचानक ड्रोनको आवाज आयो र त्यसपछि बिस्फोट भयो  प्रत्यक्षदर्शी युसुफ अल-अयदीले एएफपी समाचार संस्थालाई भने। हाम्रो खुट्टा मुनि जमिन हल्लियो,वरिपरिको सबै कुरा रगत र कराउने आवाजले भरिएको थियो उनले भने ।

बीबीसीले प्रमाणित गरेको सामाजिक सञ्जालमा पोस्ट गरिएको भयावह भिडियोमा आक्रमणको तत्काल पछिको दृश्य देखिन्छ। बच्चाहरू र बयस्कहरू सडकमा लडिरहेका छन्, कोही गम्भीर घाइते,कोही नचलिरहेको अवस्थामा देखिन्छ ।