काठमाडौं, असार २७ :

काठमाडौंको चन्द्रागिरि नगरपालिका १५ तीनथानामा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा थप दुईजना घाइते भएका छन् ।

चन्द्रागिरि १५, तीनथानास्थित मुख्य सडकमा शुक्रबार बिहान मोटरसाइकल र स्कुटर आपसमा ठोक्किँदा चन्द्रागिरि ४ थानकोटका मोटरसाइकल चालक ३४ वर्षीय रोशन ढकालको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा स्कुटरका चालक धादिङ खानीखोलाका ३२ वर्षीय विष्णु श्रेष्ठ र स्कुटरको पछाडि यात्रारत  धादिङ धुनिवेशी ९ का २५ वर्षीय विवेक केसी घाइते भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार घाइते दुवैको कलंकीस्थित सहिद मेमोरिल अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरीका अनुसार थानकोटबाट कलंकीतर्फ आउँदै गरेको बा.८५प ४८२२ नम्बरको ढकालले चलाएको मोटरसाइकल सुरुमा आफैँ अनियन्त्रित भएर डिभाइडरमा ठोकिएको थियो । त्यसले विपरीत दिशातिर जाँदै गरेको बा.प्र. ०२-०४२ प ९८२२ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।