मंगलबार, १० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार अर्थतन्त्र

विद्युत् खपत बढाउन ईभीको कर स्थिर राखेका हौं : अर्थमन्त्री पौडेल

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, २७ असार, २०८२ मा प्रकाशित
विद्युत् खपत बढाउन ईभीको कर स्थिर राखेका हौं : अर्थमन्त्री पौडेल
काठमाडौं, असार २७ :

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विद्युत्‌को खपत बढाउन ईभीको करलाई स्थिर राखिएको बताएका छन् ।

नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को आयोजना र पुरस्कार वितरण तथा बजेट र मौद्रिक नीति समन्वय अन्तर्क्रिया कार्यक्रममा उनले बजेटमार्फत नेपालको ऊर्जा खपत बढाउन विद्युतीय सवारीसाधनलाई प्रवर्धन गरेको बताए ।

उनले आफू करका नीति र करका दरमा स्थिर नीति लिएको दाबी पनि गरे । अर्थमन्त्रीले बजेट ल्याउने मात्रै नभई कार्यान्वयनसमेत जिम्मेवारीमा रहेको बताए । आगामी वर्षको बजेट कार्यन्वयनको तयारी गरिरहेको उनको भनाइ छ ।

बजेटमा टेक एन्ड पेको विषयमा अन्योल भए पनि स्पष्ट पारेसँगै बैंक तथा वित्तीय संस्था, ऊर्जा उत्पादकलगायत सबै सन्तुष्ट रहेकाले ठीक हुँदै गएको अर्थमन्त्री पौडेलको दाबी छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार