काठमाडौं, असार ३२ :

आज चारवटा संसदीय समितिका बैठक बस्दैछ ।  

आज कानुन न्याय तथा मानवअधिकार समिति,सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति, सङ्घीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समिति र राज्यका निर्देशक सिद्धान्त नीति र दायित्वको अनुगमन तथा मूल्याङ्कन (संयुक्त) समितिको बैठक बस्दैछ  ।

कानुन न्याय तथा मानवअधिकार समितिको बैठक बिहान १० बजे सिंहदरबारमा बस्नेछ ।  समितिको सो बैठकमा नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ को सम्बन्धमा नेपाल कानुन आयोगसँग छलफल हुने बताईएको छ ।

यसैगरी सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक दिउँसो १ बजे बस्दैछ । यो बैठक पनि सिंहदरबारमा नै बस्दैछ । बैठकमा राष्ट्रिय निकुञ्जहरूसँग सम्बन्धित प्रतिवेदनमाथि छलफल हुने  कार्यसूची रहेको छ ।

त्यस्तै सङ्घीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक पनि दिउँसो १ बजे नै बस्ने कार्यक्रम छ । त्यसैगरी राज्यका निर्देशक सिद्धान्त नीति र दायित्वको अनुगमन तथा मूल्याङ्कन (संयुक्त) समितिको बैठक बिहान ११ बजे सिंहदरबारमा नै बस्दैछ ।

केही दिनका लागि सङ्घीय संसद्का दुवै सदनका बैठक भने स्थगित गरिएको छ । राष्ट्रियसभा र प्रतिनिधिसभाका बैठक क्रमश साउन ६ र ७ गतेका लागि तोकिएको छ ।