
वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले लोकतन्त्र आइसकेपछि देशमा धेरै विकास भएको दाबी गरेका छन् ।
महानगर यातायात प्रालिको विद्युतीय बस सेवा सञ्चालन कार्यक्रमलाई बुधबार उनले नेपाल अब विद्युतीय बस चढ्ने युगमा आइसकेको बताए ।
सडकहरु गाउँगाउँमा पुगेको र बिजुली बत्ती पनि गाउँगाउँमा पुगेको अवस्था रहेको उनको भनाइ छ । नेपालले पेट्रोल-डिजेलमा अर्बौं रुपैयाँ खर्च गरिसकेको भन्दै विद्युत्बाट चल्ने बसहरु सञ्चालन गर्ने कुरा राम्रो भएको उनले बताए ।
‘हाम्रो देश पनि अब ईभी चढ्ने युगमा आइसकेको छ । बाटोघाटो गाउँगाउँमा पुगेको छ । बिजुली गाउँ गाउँमा पुगेको छ,’ वरिष्ठ कलाकार श्रेष्ठले भने, ‘हामीले पेट्रोल डिजेलमा अर्बौं रुपैयाँ खर्च गरिसक्यौँ । अब आफ्नै फ्युल करेन्टबाट चढ्ने बेला आएको छ । यो एकदमै राम्रो हो । लोकतन्त्र आएपछि धेरै डेभलपहरु मैले देखेको छु ।’
वरिष्ठ कलाकार श्रेष्ठले जोमसोममा मोटर जाला भन्ने आफूले कल्पनै नगरे पनि पछिल्लो समय मोटरबाटै जोमसोम पुगेर आएको बताए । बसको मात्रा र बसको स्ट्यान्डर्ड बढ्न जरुरी रहेको पनि उनले बताए ।