शनिबार, १४ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#सबै पत्रकार रिहा#कागेश्वरी मनोहरा#काठमाडौंमै तेस्रो स्थानमा#वार्षिक स्वास्थ्य समीक्षा#पाँच सय कन्टेनर थन्किए#प्रधानमन्त्रीको सचिवालय#तत्काल रिहा गर्न प्रधानमन्त्रीको निर्देशन#प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण#डीडीसीका तत्कालीन महाप्रबन्धक#सञ्जीव झा पक्राउ#निरन्तर वर्षा#बाक्लो हिमपात#नेप्से परिसूचक#सामान्य अङ्कले घट्यो#एनप्याब्सन#सरकारद्वारा निलम्बन#सोलुखुम्बुको होटलमा आगलागी #सबै पत्रकार रिहा#कागेश्वरी मनोहरा#काठमाडौंमै तेस्रो स्थानमा#वार्षिक स्वास्थ्य समीक्षा#पाँच सय कन्टेनर थन्किए#प्रधानमन्त्रीको सचिवालय#तत्काल रिहा गर्न प्रधानमन्त्रीको निर्देशन#प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण#डीडीसीका तत्कालीन महाप्रबन्धक#सञ्जीव झा पक्राउ#निरन्तर वर्षा#बाक्लो हिमपात#नेप्से परिसूचक#सामान्य अङ्कले घट्यो#एनप्याब्सन#सरकारद्वारा निलम्बन#सोलुखुम्बुको होटलमा आगलागी
राजनीति शिक्षा

सभापति थापाको टिप्पणी- राजनीति हावी भएकै कारण शैक्षिक क्षेत्र अस्तव्यस्त बन्यो

‘विद्यालय शिक्षा विधेयक शिक्षक विधेयक जस्तै भयो’
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, ३२ असार, २०८२ मा प्रकाशित
सभापति थापाको टिप्पणी- राजनीति हावी भएकै कारण शैक्षिक क्षेत्र अस्तव्यस्त बन्यो
काठमाडौं, असार ३२ :

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले शिक्षा क्षेत्रमा राजनीति हावी भएको कारण शैक्षिक अवस्था अस्तव्यस्त बनेको बताएका छन् ।

काठमाडौंमा बुधबार आयोजित एक कार्यक्रममा बोल्दै सभापति थापाले यस्तो बताएका हुन् । उनले शिक्षा क्षेत्रमा गुणस्तरीय सुधारको खाका नबनाई सरकारले अन्धाधुन्द निर्णय गर्दै आएको आरोप पनि लगाए । उनले आवेदनकै आधारमा समुदायमा विद्यालयको संख्या थप्ने सरकारको निर्णयले पनि शिक्षामा गुणस्तर आउन नसकेको बताए । 

उनले शिक्षा, स्वास्थ्य र देश विकासमा कुनै पनि राजनीतिक दलले राजनीति गर्न नहुनेमा जोड दिए । उनले मुलुकको समग्र विद्यालय शिक्षा प्रणालीमा सुधार ल्याउनको लागि विद्यालय शिक्षा विधेयक अघि सारेको पनि बताए । उनले पछिल्लो समय शिक्षा विधेयक शिक्षक विधेयक जस्तो बन्दै गएको टिप्पणी पनि गरे। 
उनले भने, ‘शिक्षा क्षेत्रलाई राज्यले धेरै अगाडी बढाउनुपर्छ भन्ने धारणा राख्यो । तर त्यसको मोडालिटी के हो ? कस्तो गुणस्तर दिएर अगाडि बढ्नुपर्छ भन्ने कुरामा ध्यान दिएन । तलबाट आवेदन आएपछि स्वीकृति दियो । दरबन्दी दिन पर्दैन ? विद्यार्थी छन् कि छैनन् ? राजनीतिक रुपले हामीले शिक्षालाई लथालिंग पारेका छौं ।’

शिक्षकहरुलाई विद्यार्थीप्रति उत्तरदायी बनाउन सकेमात्र शिक्षा क्षेत्रको सुधार हुने आफ्नो समितिको ठहर रहेको सभापति थापाको भनाइ छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार