
ढाका, साउन १ :
बंगलादेशको गोपालगन्जमा बुधबार राष्ट्रिय नागरिक पार्टी (एनसीपी) को र्यालीमा भएको हिंसामा चार जनाको मृत्यु भएको छ ।
बीबीसी बंगलाका अनुसार, अन्तरिम सरकारले एक विज्ञप्ति जारी गर्दै हिंसामा संलग्न जो कोहीलाई पनि कानुनअनुसार कारबाही गरिने जनाएको छ ।
यसैबीच एनसीपीका संयोजक नाहिद इस्लामले २४ घण्टाभित्र हिंसामा संलग्नलाई पक्राउ गर्न माग गरेका छन् ।
एनसीपीले बिहीबार देशभर विरोध प्रदर्शन गर्ने घोषणा गरेको छ । परिस्थितिलाई ध्यानमा राख्दै गोपालगन्जमा आज (बिहीबार) साँझ ६ बजेसम्म कर्फ्यु लगाइएको छ । सुरक्षाकर्मीहरूले सहरमा गस्ती गरिरहेका छन् ।