आइतबार, २५ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
राजनीति

उपेन्द्र यादवको आरोप : ‘बा’ को राज रहुन्जेल सगोत्री पार्टनरहरूलाई जो गर्न पनि छुट छ

‘भूमि व्यवस्था मन्त्री बलराम अधिकारीको अडियो प्रकरणबारे प्रधानमन्त्री केपी शर्मा ओली मौन बसेको आरोप’
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, १ साउन, २०८२ मा प्रकाशित
उपेन्द्र यादवको आरोप : ‘बा’ को राज रहुन्जेल सगोत्री पार्टनरहरूलाई जो गर्न पनि छुट छ
काठमाडौं, साउन १ :

जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवको सचिवालयले भूमि व्यवस्था मन्त्री बलराम अधिकारीको अडियो प्रकरणबारे प्रधानमन्त्री केपी शर्मा ओली मौन बसेको आरोप लगाएको छ।

बुधबार सार्वजनिक अडियोमा अधिकारीले पोखराको बाटुलेचौरस्थित १३४ रोपनी जग्गा ‘सेटिङ’ गरेर दर्ता गराउने भन्दै ३२ लाख रुपैयाँ घुस लिएको दाबी गरिएको थियो।

यादवको सचिवालयले सामाजिक सञ्जालमार्फत कटाक्ष गर्दै भनेको छ, ‘ढुक्क हुनुस्, भूमिमन्त्री बलराम अधिकारीले राजीनामा दिनु पर्दैन। बालुवाटार र च्यासलमा ‘बा’ को राज रहुन्जेल उनका सगोत्री पार्टनरहरूलाई जो गर्न पनि छुट छ।’

सचिवालयले सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताको राजीनामा उदाहरण दिँदै, “यदि गुप्ता ‘बा’ का सगोत्री भए भने अझ ठुलो काण्ड गरेर पनि पदमा टिक्थे,’ भन्दै दोहोरो मापदण्डको आरोप लगाएको छ। अधिकारीको अडियो प्रकरणमा उनका छोरा मनोज र पूर्वसचिव अर्जुन पोखरेलको संलग्नताको दाबी पनि अडियोमा गरिएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार