काठमाडौं, साउन २ :

आज सङ्घीय संसद् अन्तर्गतका विभिन्न पाँच संसदीय समितिका बैठक बस्दैछ ।

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, महिला तथा सामाजिक मामिला समिति, पूर्वाधार विकास समिति, विधायन व्यवस्थापन समिति र सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक आज बस्दैछ ।

बिहान ८ बजे नै सुरु भएको महिला तथा सामाजिक मामिला समितिको बैठक सुरु भएको छ भने आज बिहान ११ बजे बस्ने अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बस्दैछ ।

महिला तथा सामाजिक मामिला समितिको बैठकमा घले समुदायले छुट्टै जातिमा सूचीकृतको लागि भनी समितिमा दिएको निवेदन  सम्बन्धमा छलफल भइरहेको बताईएको छ ।

अहिले ८ :३०  बजे सुरु भएको  बस्ने पूर्वाधार विकास समितिको बैठकमा  काठमाडौँ चक्रपथ,कलङ्की–महाराजगन्ज खण्डको डिपिआरका सम्बन्धमा छलफल भईरहेको छ ।  

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा नेपाल हवाई सेवा प्राधिकरण विधेयक २०८१ माथि संशोधनकर्ताहरूसँग छलफल हुनेछ । 
 

दिउँसो सबा १२ बजे  राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठकमा जलस्रोत विधेयक २०८१ मा विज्ञसँग छलफल हुनेछ । त्यस्तै  ११:३० बजे बस्ने सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दैछ ।