सोमबार, २६ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#निशा मेहता#स्वास्थ्यमन्त्री#धरान#प्रधानमन्त्री#वालेन्द्र शाह#दानबहादुर कार्की#महानिरीक्षक#कांग्रेस पदाधिकारी#अनुजा अधिकारी आचार्य#रसुवाकी शिक्षिका#पृथ्वी राजमार्ग#दुईतर्फी यातायात सञ्चालन#बीपी राजमार्ग#पुनर्निर्मित सडकबाटै आवागमन#कवितासंग्रह#गीतिसंग्रह#सुदूरपश्चिम प्रदेश सरकार#बजेट प्रस्तुत #निशा मेहता#स्वास्थ्यमन्त्री#धरान#प्रधानमन्त्री#वालेन्द्र शाह#दानबहादुर कार्की#महानिरीक्षक#कांग्रेस पदाधिकारी#अनुजा अधिकारी आचार्य#रसुवाकी शिक्षिका#पृथ्वी राजमार्ग#दुईतर्फी यातायात सञ्चालन#बीपी राजमार्ग#पुनर्निर्मित सडकबाटै आवागमन#कवितासंग्रह#गीतिसंग्रह#सुदूरपश्चिम प्रदेश सरकार#बजेट प्रस्तुत
समाचार

गत वर्ष २८,६९२ वटा सवारीसाधन दुर्घटना, २,५४९ जनाको मृत्यु

०८०/८१ को असार मसान्तसम्ममा देशभर ५८ हजार ४७० वटा मुद्दा दर्ता भए : प्रहरी महानिरीक्षक थापा
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, २ साउन, २०८२ मा प्रकाशित
गत वर्ष २८,६९२ वटा सवारीसाधन दुर्घटना, २,५४९ जनाको मृत्यु
काठमाडौं, साउन २ :

प्रहरी महानिरीक्षक दीपक थापाले आर्थिक वर्ष ०८०/८१ कोभन्दा आव ०८१/८२ मा अपराधका घटनामा बढोत्तरी भएको बताएका छन् ।

संघीयता सलबीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा शुक्रबार उनले आर्थिक वर्ष ०८०/८१ कोभन्दा आव ०८१/८२ मा झन्डै १.२४ प्रतिशतले कसुरको मात्रा बढेको हो । उनकाअनुसार ०८०/८१ को असार मसान्तसम्ममा देशभर ५८ हजार ४७० वटा मुद्दा दर्ता भएको थियो । आव ०८१/८२ मा ५९ हजार २०४ घटना दर्ता भएका छन् ।

सबैभन्दा धेरै मुद्दा दर्ता काठमाडौं उपत्यकामा नै भएको र कुल मुद्दामध्ये काठमाडौं उपत्यकामा दर्ता भएका मुद्दाको संख्या १६ हजार १७२ वटा छ । त्यसपछि सबैभन्दा धेरै मधेस प्रदेश र कोसी प्रदेश रहेको छ । कर्णालीमा सबैभन्दा कम मुद्दा दर्ता भएका छन् ।

‘अपराधको वर्तमान अवस्थाको कुरा गर्दा गत वर्षको ०८०/८१ सम्ममा असार मसान्तसम्ममा देशभर ५८ हजार ४७० वटा मुद्दा दर्ता भएको थियो । अहिले ५९ हजार २०४ घटना दर्ता भएको छ । गत वर्ष भन्दा झन्डै १.२४ प्रतिशतले अहिले कसुरको मात्रा र मुद्दा बढेको अवस्था देखिन्छ,’ उनले भने, ‘केही मुद्दाहरु देवानी टाइपका पनि छन् । सबैभन्दा धेरै मुद्दा दर्ता काठमाडौं भ्याली नै हो । ५९ हजार २०४ मुद्दामा १६ हजार १७२ मुद्दा यहीँ नै छन् । त्यसपछि मधेस प्रदेश र कोसी प्रदेशमा बढी छन् । कर्णाली प्रदेशमा कम छन् ।’

सवारीसाधन दुर्घटनाको स्थिति भयावह रहेको प्रहरी महानिरीक्षक थापाले बताए । झन्डै एक दिनमा सातदेखि १० जनाको मृत्यु हुने गरेको र यो मधेस प्रदेशमा बढी रहेको उनको भनाइ छ । आव ०८१/८२ मा २८ हजार ६९२ वटा सवारीसाधन दुर्घटनामा २५ सय ४९ जनाको मृत्यु भएको उनले बताए ।

‘सवारी दुर्घटनाको स्थिति भयावह नै छ । झन्डै एक दिनमा सातदेखि १० जनाको मृत्यु हुन्छ । सबैभन्दा बढी मधेस प्रदेशमा नै छ,’ महानिरीक्षक थापाले भने, ‘२८ हजार ६९२ वटा सवारी दुर्घटनामा २५ सय ४९ जनाको मृत्यु भएको छ, गत वर्षमा । पहिलाको भन्दा बढेको अवस्था छ । २५.१५ प्रतिशतले बढेको छ ।’

प्रहरी महानिरीक्षक थापाले शान्ति सुरक्षा सही ठाउँमा रहेको बताए । एक दिनमा नेपाल प्रहरीले २२६ वटा सवारी गस्ती, चेकिङ ६ सय ९, पैदल गस्ती ११ सय १०, ग्रामीण गस्ती ७१२ हुने गरेको बताए । चौबीस घण्टामा ३० हजार ३७४ जनशक्ति सुरक्षामा खटिने गरेको उनको भनाइ छ ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार