काठमाडौँ, असोज २६ :
नेपाली कांग्रेसको १५ औं महाधिवेशन अन्तर्गत नयाँ कार्यसमिति चयनका लागि भएको निर्वाचनको मतगणना जारी छ ।
पार्टी कार्यालय सानेपामा सहमहामन्त्री पदको बिभिन्न क्लष्टरका साथै केन्द्रीय सदस्यका समेत केहि क्लष्टरको मतगणना भइरहेको कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।
कांग्रेसको सभापति पदमा गगन थापा बिजयी भैसकेका छन् भने खुलातर्फको उपसभापतिमा डा. चन्द्रकान्त भण्डारी र मधु आचार्य विजयी भएका छन्।
यस्तै, समावेशी उपसभापतिमा विनोदकुमार चौधरी निर्वाचित भएका हुन् भने महामन्त्रीमा प्रदीप पौडेल र उदयशम्शेर राणा विजयी भएका हुन् । महामन्त्री महिलातर्फ डा. डिला सङ्ग्रौला (पन्त) विजयी भएकी छन् ।