ललितपुर, असोज २५ :
नेपाली कांग्रेसको समावेशीतर्फ उपसभापतिमा विनोद चौधरीले अग्रता लिएका छन्। आइतबार दिउँसो साढे २ बजेसम्मको गणना अनुसार चौधरीले ७५१ मत पाएका छन्। उनलाई ५२० मतसहित जीवन परियारले पछ्याइरहेका छन्।
दुई हजार ८२२ मत गणना हुँदा तेस्रो नम्बरमा रहेकी सीता गुरुङले ४३०, चौथो नम्बरमा रहेका फरमुल्लाह मंसुरले ३७१ र पाँचौ नम्बरमा रहेका रञ्जित कर्णले २२८ मत पाएका छन्। कांग्रेस केन्द्रीय कार्यालय सानेपामा मतगणना जारी रहेको छ।