आइतबार, २५ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#कांग्रेस पदाधिकारी#अनुजा अधिकारी आचार्य#रसुवाकी शिक्षिका#पृथ्वी राजमार्ग#दुईतर्फी यातायात सञ्चालन#बीपी राजमार्ग#पुनर्निर्मित सडकबाटै आवागमन#कवितासंग्रह#गीतिसंग्रह#सुदूरपश्चिम प्रदेश सरकार#बजेट प्रस्तुत#पाँच जना सम्पर्कविहीन#रवि लामिछाने#उद्धार र राहत#विनोद चौधरी#उपसभापति#दसैँघर #कांग्रेस पदाधिकारी#अनुजा अधिकारी आचार्य#रसुवाकी शिक्षिका#पृथ्वी राजमार्ग#दुईतर्फी यातायात सञ्चालन#बीपी राजमार्ग#पुनर्निर्मित सडकबाटै आवागमन#कवितासंग्रह#गीतिसंग्रह#सुदूरपश्चिम प्रदेश सरकार#बजेट प्रस्तुत#पाँच जना सम्पर्कविहीन#रवि लामिछाने#उद्धार र राहत#विनोद चौधरी#उपसभापति#दसैँघर
राजनीति

कांग्रेस पदाधिकारीको मतगणना सोमबार सक्ने तयारी

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · १ घण्टा अगाडि प्रकाशित
कांग्रेस पदाधिकारीको मतगणना सोमबार सक्ने तयारी
काठमाडौं, असोज २५ :

नेपाली कांग्रसको  १५ औँ महाधिवेशनको मतगणना जारी रहेको छ । असोज २० गते बाट पार्टी कार्यालय सानेपामा सुरु भएको मत गणना अहिले पनि जारी रहेको निर्वाचन समितिले जनाएको छ । 

अहिले पदाधिकारीहरुको मतगणना जारी रहेकाले सोमबार सम्म सम्पन्न गर्ने गरी गणनाको कार्य जारी रहेको बताइएको छ ।  जारी मतगणनामा उपसभापतिमा चन्द्र भण्डारी र महामन्त्रीमा प्रदीप पौडेलले फराकिलो अग्रता कायम गरेका छन् ।

यस्तै, समावेशी उपसभापतिमा विनोद चौधरीले अग्रता लिँदा जीवन परियारले पछ्याइरहेका छन् । २ सिटका लागि भएको खुला महामन्त्रीमा प्रदीप पौडेललाई उदयशमशेर राणाले पछयाइरहेका छन्। यस्तै महिला महामन्त्रीमा डा. डिला संग्रौलालाई महालक्ष्मी उपाध्याय (डिना) ले पछ्याइरहेकी छन् । १५ औँ महाधिवेशनले सभापतिमा गगनकुमार थापालाई निर्वाचित गरिसकेको छ ।  

पदाधिकारहिरुको मत गणनापछि केन्द्रीय सदस्यहरुको गणना सुरु गरिने बताइएको छ । मत गणनामा ढिलाइ भएको भन्ने गुनासाहरु आएका कारण मतदान अधिकृतहरुको संख्या बढाएर छिटो भन्दा छिटो नतिजा दिने तयारीमा रहेको निर्वाचन समितिले जनाएको छ ।

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार